कतार विश्वकपका क्रममा लियोनल मेस्सी बसेको कोठालाई संग्रहालय बनाइने  « Khabarhub

कतार विश्वकपका क्रममा लियोनल मेस्सी बसेको कोठालाई संग्रहालय बनाइने 


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

दोहा – कतार फिफा विश्वकप २०२२ को क्रममा कतार विश्वविद्यालयमा बसेका अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सी बसेको कोठालाई संग्रहालयमा परिणत गरिने भएको छ।

कतार विश्वविद्यालयले अर्जेन्टिनाका कप्तानले प्रयोग गरेको कोठा नम्बर बि २०१ कोठामा संग्रहालय बन्ने जनाएको छ।

‍यसअघि विश्वविद्यालयले अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोली बसेको कोठाको तस्बिरहरूको श्रृंखला प्रकाशित गरेको थियो।

अर्जेन्टिनाको टोलीको दोहा बसाइका क्रममा कतार विश्वविद्यालय आश्रयस्थल बनेको थियो। सङ्ग्रहालय सोही कम्प्लेक्सबाट सञ्चालन हुने वा क्याम्पसको अन्यत्र सार्ने भन्ने खुलाइएको छैन।

यसले उत्सुक प्रशंसकहरूलाई सर्वकालीन महान फुटबलरको रूपमा चिनिएका मेस्सीले कसरी विश्वकप अभियानका खेलहरूबीचको समय बिताए भनेर हेर्न अवसर प्रदान गर्नेछ।

डेली मेलका अनुसार विश्वकपका क्रममा मेस्सीको नेतृत्वमा रहेको टोलीले पाँच -तारे लक्जरी होटेलहरूको सट्टा विशाल विश्वविद्यालयको क्याम्पमा बस्ने निर्णय गरेको गरेको थियो।

फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना तेस्रो पटक विश्विकप विजेता बनेको थियो।

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  ७ : ४२ बजे

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत

लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक, असामाजिक