दुई पटक बढी प्रधानमन्त्री हुन नपाउने नियम चाहियो | Khabarhub Khabarhub

दुई पटक बढी प्रधानमन्त्री हुन नपाउने नियम चाहियो

‘कांग्रेस प्रतिपक्षमा पुगेको देउवाको व्यक्तिगत कारणले हो’


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

अचानक वाम लोकतान्त्रिक गठबन्धन टुटेसँगै नेकपा (एमाले), माओवादी केन्द्र र अन्य केही राजनीतिक दल मिलेर बनेको गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकको ४४ औ प्रधानमन्त्री बनेका छन्। यससँगै पछिल्लो समय उदाएका राजनीतिक दल पनि सरकारमा सामेल भएका छन्। पुराना राजनीतिक दलले केही गर्न सकेनन् भन्ने नयाँ दल सत्तामा पुगेपछि जनताका अपेक्षा पूरा होलान ? अबको राजनीति कसरी अगाडि बढ्छ ? यिनै दल र नेताले जनताका आशा र आकांक्षा सम्बोधन गर्न सक्लान् कि नसक्लान भन्ने विषयमा आधारित भएर वरिष्ठ पत्रकार इकागज डटकमका प्रधान सम्पादक हरिबहादुर थापासँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :

अहिलेको सरकारले जनताका अपेक्षा पूरा गर्न सक्ला कि नसक्ला ?
अहिले सबै शक्तिको गठबन्धन बनेको छ। धेरै तरिकाबाट समन्वयन भएर यो गठबन्धन भएको होइन। हरेक व्यवस्थामा घुलमिल भएका मान्छे सरकारमा सहभागी हुनु राम्रो हुन्छ। जसरी नयाँ पार्टी सरकारमा सामेल भएको छ त्यो कम्तिमा दुई वर्ष संसदमा बसेको भए कर्मचारीको समस्या प्रवृत्ति सिक्नु हुन्थ्यो। एकै पटक सरकारमा गएपछि कसरी विकास गर्ने र कसरी काम गर्ने थाहा हुँदैन। क्याबिनेटमा जुन निर्णय हुन्छ प्रधानमन्त्रीको आदेशमा मन्त्रीले हस्ताक्षर गरेर सरकारको आधिकारिक कुरामा असहमति जनाउन पाइँदैन। प्रधानमन्त्री नै सर्बैसर्बा हुने पद्धति छ हाम्रो। त्यसैले दुई वर्ष सांसदमा बसेर सबै कुरा जानिन्थ्यो। नयाँ राजनीतिक दल पनि हतार गरेर सरकारमा सामेल हुनु ठिक होइन। अब यो सांसदबाट दुई पटक भन्दा प्रधानमन्त्री हुन नपाउने नियम बनाउनुपर्छ। भाग्यलाई विधि र पद्धतिले बाध्नुपर्याे। संसदमा काम गरेर सरकारमा जानु राम्रो हुन्छ।

रवि लामिछानेले नागरिकता प्रकरणको मुद्दा सर्वोच्चमा विचाराधीन हुँदा हुँदै गृह मन्त्रालय समाल्नु भयो, तपाईंलाई के लाग्छ ?
हाम्रोमा भ्रष्टाचारको मुद्दा लागेका, हत्या अभियुक्तले पनि शपथ लिएका छन्। विगतमा पनि यस्ता भएका छन्। सुशासन दिने क्रममा अभियोग लागेपछि त्यसको छिनोफानो पहिला गरेको भए हुन्थ्यो। कानुन व्यक्तिको अनुहार हेरेर बनाइँदैन। मन्त्री र नागरिकलाई एउटै कानुनले हेर्छ। नेपालमा जवाफदेहिता र उत्तरदायित्व नभए जसले जे पनि गर्न सक्छन्। सरकारमा जसरी पुरानाले विकृतिको जालो बनाएका छन्। त्यो जालोलाई नयाँ गएकाले कसरी व्यवस्थापन गर्छन् त्यो हेर्नुपर्छ। उनीहरू पनि त्यसको सिकार नहुन्।

देउवाको लोभले कांग्रेस पार्टीलाई कत्ति घाटा भएको देख्नुहुन्छ ?
देउवामा पार्टी र पदको लाभको कारणले नै यो अवस्था आयो। राजनीतिक लाभको हिसाबले सभामुख कांगेसले नै पाउँथ्यो। प्रधानमन्त्री प्रचण्डलाई दिएको भए। अहिले कांग्रेस प्रतिपक्षमा गएको देउवाको व्यक्तिगत कारणले हो। देउवा अब पार्टीमा असक्षम हुनुभयो। अबको राज्य सत्ता सहज छैन। अब हाम्रोमा पैसा छैन, कर्मचारीलाई नै तलब खुवाउने पैसा नै छैन। त्यसैले पहिलो तहमा सरकारले आर्थिक सुधार गर्याे भने देश समृद्धिको बाटोमा जान्छ। साढे दुई वर्ष भित्र नै यो सरकारका ढल्न सक्छ, स्थिरता हुँदैन। विभिन्न खालका रोकावट आउन सक्छन्।

विजातीय, विसंगत एक ठाउँमा मिलेर राजनीतिक भइरहयो, अब राजनीतिक अस्थिरता अर्को नयाँ शृङ्खला देख्न बाँकी हो ?
यो सरकारबाट धेरै अपेक्षा गर्नु हुँदैन। गलत गरे संसद्ले रोक्न सक्छ। अब सरकारमा जान सजिलो छैन। सबैलाई मिलाएर लानु पर्ने अवस्था छ। सबैको इच्छा आकांक्षा पुरा भएन भने बाहिरिन सक्छन्। अब सरकामा जानेले मुलुकको वस्तुस्थिति बुझेर संसद्का हरेक कुरा बुझेर गए भने टिक्छन्। सबै नकारात्मक सोच मात्र राख्नु हुँदैन। सकारात्मक सोच पनि राख्नु पर्दछ। सबै निर्णयको थलो संसद्लाई बनाइयो भने मुलुकको विकास हुन्छ। (एभिन्युजसँगको सहकार्यमा तयार पारिएको अन्तवार्ता)
– प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  ९ : ३४ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः