हाल्यान्ड चम्किदा सिटीको सहज जित | Khabarhub Khabarhub

हाल्यान्ड चम्किदा सिटीको सहज जित


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एर्लिङ हाल्यान्डको दुई गोलप्रेरित म्यानचेस्टर सिटीले बुधबार लिड्स युनाइटेड ३-१ ले हराएको छ। जितसहित सिटीले शीर्ष स्थानको आर्सनलसँगको दुरी पाँच अंकमा झारेको छ।

सिटी १५ खेलमा ३५ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानको आर्सनलको समान खेलमा ४० अंक छ भने तेस्रो स्थानको न्युक्यासल युनाइटेडको ३३ अंक छ। चौथो स्थानको टोटनहमको ३० र पाँचौ स्थानको म्याचेस्टर युनाइटेडको २९ अंक छ।

पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा रोर्डीले गरेको गोलमा सिटीले अग्रता लिएको थियो। ५१औं मिनेटमा हालान्डले सिटीको अग्रता दोब्बर पारे।

६४औं मिनेटमा हाल्यान्डले सिटीका लागि तेस्रो गोल गरे। जारी सिजन २० खेलमा हाल्यान्डको यो २६औं गोल हो। उनी यसै सिजन मात्र जर्मन बुन्डेसलिगाको क्लब बासिया डर्टमन्डबाट सिटी भित्रिएका थिए। ७८औं मिनेटमा पास्कलले लिड्सका लागि सान्त्वना गोल गरे।

सिटीले गत साता इङ्लिस लिग कपको अन्तिम १६ मा लिभरपुललाई हराएको थियो। कतार विश्वकप २०२२ को विश्रामअघिको खेलमा ब्रेन्टफोर्डलाई नतिजा सुम्पिएको सिटी विश्रामपछि भने जित लय भेट्टाउन सफल भएको छ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  ९ : ४३ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ