बेगखोलामा पक्की पुल निर्माणको काम तीव्र | Khabarhub Khabarhub

बेगखोलामा पक्की पुल निर्माणको काम तीव्र


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बेनी– बेनी–जोमसोम-कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ बेगखोलामा मोटरेबल पुल निर्माणले तीव्रता पाएको छ । सडक विभागमार्फत योजनाको ठेक्का लिएका निर्माण व्यवसायीले निर्धारित समयभन्दा अगावै योजना सम्पन्न गर्ने गरी निर्माणकार्यलाई गति दिएका हुन् । बेगखोलामा आएको बाढीले बेलिब्रिज बगाएपछि विगत छ वर्षदेखि बेगखोलामा यात्रु र सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । 

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर बेनी-जोमसोम कोरला सडकअन्तर्गत पर्ने बेगखोखोलामा सडक विभागअन्तर्गत रहेको पुल महाशाखा काठमाडौँले ७० मिटर लामो र ११ मिटर चौडाइ भएको डबल स्पामको पुल निर्माणका लागि योजना अघि बढाएको हो । विभागसँग बिओकेआई-हिमालयन जेभीलेसँग भ्याटसहित रु आठ करोड ३० लाखमा २०७८ असार २९ गते ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौतालगत्तै ठेकेदार कम्पनी कार्यक्षेत्रमा खटिएर निर्माणमा जुटेको थियो ।

पुल निर्माणका लागि सम्झौता गरेको निर्माण कम्पनीले उल्लेख्य मात्रामा मजदुर र उपकरण परिचालन गरेर निर्माणकार्यलाई तीव्रता दिएको छ । योजनाको अनुगमन र सुपरीवेक्षणको जिम्मा पाएको पुल सेक्टर पोखराका इञ्जीनियर आशिक रिजालले तोकिएको समयभित्र पुल निर्माण सम्पन्न गर्न कार्यालयका तर्फबाट नियमितरूपमा निर्माण कम्पनीलाई ताकेता गरिएको बताए ।

निर्माण कम्पनीले उपकरणसहित मजदुर जुटाएर पुल निर्माणलाई गति दिएका पाइएको उनले बताए। वर्षात्का समयमा बेगखोलामा पुल नहुँदा सर्वसाधारणले निकै सास्ती र दुःख भोगेका कारण पुल समयमै सम्पन्न गर्न कार्यालयले प्राथमिकताका साथ काम गरेको उनको भनाइ छ ।

अहिलेसम्म करिब ४५ प्रतिशत भौतिक प्रगति भएको छ । पुलको जग बसाल्ने, वारिपारिका दुईवटा र बीचको गरी तीनवटा पिलर उठाइसकिएको इञ्जीनियर रिजालले जानकारी दिए । उनका अनुसार अबको एक हप्ताभित्र पिलरमाथि क्याब निर्माण गरिनेछ । चालु आर्थिक वर्षभित्रै पुलको मुख्य संरचना निर्माण सक्ने गरी काम अगाडि बढाइएको इञ्जीनियर रिजालले जानकारी दिए ।

आगामी २०८० चैत २८ गतेभित्र योजना सम्पन्न सम्झौतामा उल्लेख गरिए पनि बेगखोलामा वर्षात्का समयमा सवारीसाधन वारपार गर्न निकै दुःख र सास्ती भोग्नुपरेकाले छिटो पुल निर्माण गर्न कार्यालय जुटेको जनाइएको छ । विसं २०७३ भदौ १७ गतेको बाढीले बेगखोलामा रहेको बेलिब्रिज र झोलुङ्गे पुलसहित बस्ती नै बाढीले बगाएको थियो । खोलामा पक्की पुल नहुँदा म्याग्दीको उत्तरी भेगका स्थानीय र मुस्ताङको भ्रमणमा आउने पर्यटक, तीर्थयात्री र सर्वसाधारणले वर्षात्का समयमा आउने बाढीका कारण विगत छ वर्षदेखि सास्ती भोग्दै आएका छन् ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  ३ : ३३ बजे

एभर्टनसँग चेल्सी २–० ले पराजित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत एभर्टनले चेल्सीलाई पराजित गरेको

सुन्तलाको बगैँचामा पस्न डराउँछन् दोसल्लेवासी !

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजा बगैँचामा फलेको सुन्तला

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ

दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज छरियो

काठमाडौँ– दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज

न कमाएको धन, न रमाएको मन

एउटा गाउँमा एकजना बुद्धिचालका प्रकाण्ड खेलाडी रहेछन् । उनको प्रसिद्धि