सेतीमादी पुल निर्माण : दुई वर्षमा ६ प्रतिशत प्रगति « Khabarhub

सेतीमादी पुल निर्माण : दुई वर्षमा ६ प्रतिशत प्रगति


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जिल्लाको दुई पालिका जोड्ने मोटरेवल पुल दुई वर्ष बितिसक्दा पनि भौतिक प्रगति छ प्रतिशत मात्रै भएको छ । व्यास नगरपालिका–३ को देउरालीनगर र ऋषिङ् गाउँपालिका–१ को झापुटार जोड्ने सेतीमादी पुल सम्झौता अवधि छ महिना बाँकी हुँदा निर्माण कार्यले गति लिन नसकेको हो ।

विसं २०७७ मङ्सिर १९ गते ३० महिनामा सम्पन्न गर्ने गरी रसुवा इलाइट जेभी काठमाडौँले सम्झौता गरेको थियो । निर्माण कार्यले सन्तोषजनक गति नलिएपछि पटकपटक परिपत्र गरेको पूर्वाधार विकास कार्यालय तनहुँका सूचना अधिकारी एवं इञ्जिनीयर धनमाया मिश्रले जानकारी दिए।

उक्त पुलको कूल लागत रु ३२ करोड ४० लाख २७ हजार तीन सय ९४ छ । उक्त पुलको लम्बाइ १५४ र चौडाइ ९.५० मिटर छ । हिउँदमा कामले गति लिने समय भएकाले निर्माण कार्य अघि बढाउन ताकेता गर्दै आएका छौँ । उनले भने, “वर्षायाम सुरु भएपछि पुलको निर्माण कार्य रोकिने हुँदा कडाइ गरिएको छ ।”

पुल निर्माणस्थलसम्म हेभी इक्युपमेन्ट लैजान सडक साँघुरो भएका कारण समस्या भएको छ । दुवै पालिकाका अध्यक्षसँग समन्वय गरी सडक मार्गको ट्र्याक खुलेपछि निर्माण कार्य सहज भएकाले अब कामले गति लिने विश्वास रहेको उनले बताए । पुल बनेपछि दुई पालिका जोड्ने देखिए पनि छिमेकी जिल्ला नवलपुर र पाल्पासमेत जोडिने हुँदा सो क्षेत्रका वासिन्दा लाभान्वित हुनेछन् ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  १० : ३३ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट