क्यामरुन र बुर्किनाफासो अफ्रिका कपको सेमिफाइनलमा « Khabarhub

क्यामरुन र बुर्किनाफासो अफ्रिका कपको सेमिफाइनलमा


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आयोजक क्यामरुन र बुर्किना फासो अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

शनिबार राति भएको खेलमा जित हात पार्दै दुबै टोलीले अन्तिम चार पक्का गरेका हुन् ।

घरेलु मैदानमा कार्ल टोको एकाम्बीले दोस्रो हाफमा दुई गोल गरेपछि क्यामरुनले सहज जित हात पार्‍यो ।

२९ वर्षीय टोकोले खेलको ५० र ५७औं मिनेटमा गोल गरे ।

अब क्यामरुनले फाइनल प्रवेशका लागि इजिप्ट र मोरक्कोको बीचको विजेताको सामना गर्नेछ ।

१० खेलाडीमा सीमित बुर्किना फासोले तुनिसियालाई १-० अन्तरले पराजित गरेको हो । बुर्किनाको जितमा पहिलो हाफको इन्जुरी समयमा डान्गो औताराले गरेको गोल निर्णायक रह्यो ।

खेलको ८२औं मिनेट गोलकर्ता १९ वर्षीय डान्गोले रातो सामना गरे ।

अब बुर्किना फासोले फाइनल प्रवेशका लागि फाइनल प्रवेशका लागि सेनेगल र गिनीबीचको विजेतासँग खेल्नेछ ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ७ : ४२ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र