गोर्खाज र एनआरएन यूकेको लोगोसहित बक्सिङमा भिड्दै जोन राइडर « Khabarhub

गोर्खाज र एनआरएन यूकेको लोगोसहित बक्सिङमा भिड्दै जोन राइडर


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन – आगामी १२ फेब्रुवरीमा हुन गइरहेको बक्सिङ प्रतिस्पर्धामा पूर्वडब्ल्यूबीसीका च्याम्पियन जोन राइडरले एनआरएनए यूके र गोर्खाली समुदायको प्रतिनिधित्व गर्ने भएका छन् ।

बक्सिङको संसारमा उपनाम ‘गोरिल्ला’ भनेर चिनिने जोन राइडर डब्ल्युबीसी च्याम्पिनयनशिप २०१९ का विजेता हुन् ।

‘जोन विश्वकै एक उत्कृष्ट खेलाडी हुन् र विगतमा उनले लास भेगस,अमेरिका तथा ओ टु एरिना, लण्डनकाबक्सिंग गेमहरुमा एनआरएनए यूके र गोर्खाको ब्याज लगाएर खेलेका थिए,’ राइडरका पूर्वप्रशिक्षक तथा एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले भने ।

३३ वर्षीय ब्रिटिस बक्सिङ खेलाडी जोन राइडरले उच्चस्तरीय ३५ प्रतिस्पर्धामा भाग लिएका छन्। उनी विश्व बक्सिङ च्याम्पियनमा नम्बर १ च्याम्पियन को रुपमा पनि परिचित छ्न् ।

लण्डनको प्रसिद्ध अलेक्जेण्डर प्यालेसमा राइडर र बक्सिङमा अर्का चमत्कार ज्याकोबबीच घमासान मुक्केबाजी हुनेछ । त्यसका लागि टिकट तोकिएको छ ।

 

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ८ : १० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु