काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालय सेवा माघ २१ सम्म स्थगन « Khabarhub

काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालय सेवा माघ २१ सम्म स्थगन


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे – कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको जनाउँदै काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयले एकहप्ताका लागि आफ्नो सेवा प्रवाह स्थगनको समय बढाएको छ ।

प्रशासनले आज सार्वजनिक सूचना जारी गर्दै यही माघ २१ गतेसम्मका लागि अत्यावश्यक सेवा (शान्ति सुरक्षा, मुद्दा, आन्तरिक प्रशासन र आकस्मिक राहदानी) बाहेकका अन्य नियमित सेवा स्थगन गरिएको जनाएको छ । यसअघि प्रशासनले माघ ९ देखि १४ गतेसम्म अत्यावश्यकबाहेकका सेवा स्थगन गरेको थियो ।

यसैबीच रोशी गाउँपालिकाले आजबाट बारअनुसार सेवा सञ्चालन गर्ने भएको छ । पालिकाले सूचना जारी गर्दै वडा नं १ देखि ६ सम्मका सेवाग्रहीलाई आइतबार, सोमबार र मङ्गलबार समय तोकिएको छ भने वडा नं ७ दखि १२ सम्मकालाई बुधबार, बिहीबार र शुक्रबार तोकिएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर लामाले जानकारी दिए । सो पालिकाले यसअघि केही कर्मचारीमा कोरोना देखिएका कारण गत बुधबारदेखि शुक्रबारसम्म सेवा स्थगन गरेको थियो ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  १० : ५० बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण