विपन्न महिलाको आयआर्जन वृद्धि गर्न सुँगुरको पाठा र बोका वितरण « Khabarhub

विपन्न महिलाको आयआर्जन वृद्धि गर्न सुँगुरको पाठा र बोका वितरण


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिकाले विपन्न महिलाहरूको आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले उन्नत जातको बाख्रा र सुँगुरका पाठा वितरण गरेको छ । त्रियुगा नगरपालिका वडा नम्बर-१ जोगिदहले आदिवासी जनजाति महिला लक्षित कार्यक्रमअन्तर्गत उन्नत जातको सुँगुर, बीउ बोका र कुखुरा वितरण गरेको हो ।

आर्थिक अवस्था कमजोर भएका विपन्न महिलालाई आयआर्जनमा टेवा पुर्‍याउँदै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले सुँगुरको पाठा वितरण गरेको जनाएको छ । कार्यक्रमबाट १३ घरघुरीलाई एक-एक वटा सुँगुरका पाठा र समूहमा रहने गरी दुईवटा बोका वितरण गरिएको वडाध्यक्ष मनोज चौधरीले जानकारी दिए ।

आर्थिक अवस्था सुधार गर्न निर्वाहमुखीभन्दा पनि व्यावसायिक कृषि गराउने सोचका साथ सुँगुर र बोका वितरण गरिएको वडाध्यक्ष चौधरीको भनाइ छ । आयआर्जन र व्यवसाय कृषि गर्न सके आर्थिक रूपमा सबल हुने भएकाले आधुनिक र व्यावसायिक बनाउन यस्तो गरिएको उनले बताए ।

यस्ता कार्यक्रमले विपन्न परिवारलाई फाइदा पुग्ने बताउँदै उनले भने, ‘यो सानो सहयोग हो, तर तपाईहरू आर्थिक रूपमा सफल हुनुहुन्छ भने सामूहिक तथा एकल रूपमा फर्महरू दर्ता गरेर व्यावसायिक कृषिमा सहभागी हुनोस् ।’

चेतना महिला समूहकी अध्यक्ष अरुणा चौधरीले सुँगुरका पाठा र बोका बीउ पुँजी भएकाले त्यसबाट आम्दानी गरेर नमुना बनाउन आग्रह गरिन् । स्थानीय बजारमा सुँगुरको प्रति पाठा आठ हजार र एक लाखमा दुईवटा उन्नत जातको बीउ बोका खरिद गरेर टोल विकास संस्थाको जिम्मामा रहने गरी हस्तान्तरण गरिएको छ । नगरपालिकाले अनुदानमा बीउ बोका र माउ सुँगुरका पाठी वितरणसँगै विपन्न महिलालाई स्वरोजगार बनाई आर्थिक अवस्था सुधार हुने विश्वास नगरपालिकाले लिएको छ ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  १२ : ३० बजे

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

किस्पाङ– प्राकृतिकरुपमा सुन्दर नुवाकोटको किस्पाङ गाउँपालिका शैक्षिक गन्तव्यस्थलका रुपमा पनि

डिजिटल कार्ड कार्यान्वयन गर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन

चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ

चितवन– जिल्ला प्रहरी कार्यालयले विशेष ‘स्विप अपरेशन’ सञ्चालन गर्दै विभिन्न

नदी किनारमा रहेका सुकुमबासी बस्ती (तस्बिरहरू) 

काठमाडौं – काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमबासी बस्ती खाली

बागलुङका घरबास स्तरोन्नति गर्न अनुदान

गलकोट– दिगो पर्यटन प्रवर्द्धन परियोजनाले  निसीखोला र ढोरपाटनमा १८ घरबास