मेलम्चीको पानी ल्याउन कार्ययोजना बनाएर काम भइरहेको छ– मन्त्री चौधरी « Khabarhub

मेलम्चीको पानी ल्याउन कार्ययोजना बनाएर काम भइरहेको छ– मन्त्री चौधरी


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खानेपानीमन्त्री उमाकान्त चौधरीले आगामी चैतको मसन्तसम्ममा मेलम्चीको पानी काठमाडौँ ल्याउन कार्ययोजना बनाएर काम भइरहेको बताएका छन् ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले निर्माणमा संलग्न चिनियाँ कम्पनी सिनो हाइड्रोले काम सुरु भएको तीन महिनाभित्र जिम्मेवारी सम्पन्न गर्ने प्रतिबद्धता जनाएर काम गरिरहेको जानकारी दिए ।

मन्त्री चौधरीले भने, “अहिले त्यहाँ १२ वटा स्काभेटर र २४ वटा टिपर प्रयोग गरी दैनिक कार्ययोजना बनाई अहोरात्र काम भइरहेको छ । प्रत्येक सात दिनमा समीक्षा र मूल्याङ्कनको व्यवस्थासमेत गरिएको छ ।”

अस्थायीरुपमै भए पनि पहिलेकै परिमाणमा दैनिक १७ लाख लिटर पानी निर्धारित समयमा काठमाडौँ उपत्यकामा आउने विश्वास दिलाउँदै उनले एशियाली विकास बैंकको अध्ययन प्रतिवेदनका आधारमा स्थायी सरचनालाई अघि बढाउने जानकारी दिए ।

आयोजनाको बाँध र सुरुङको काम अहिले भकाभक भइरहेको बताउँदै उनले वर्षायाममा हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न बाँध क्षेत्रमा पूर्वअनुमान चेतावनी संयन्त्र जडान गरिने जानकारी दिए । गत असार १ गते आएको बाढीले काठमाडौँ ल्याउने खानेपानीको बाँध र सुरुङमा क्षति पुर्‍याएको थियो ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ४ : ४४ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु