पेशागत मर्यादालाई मध्यनजर गरी सेवा प्रवाह गरौँः प्रहरी महानिरीक्षक क्षेत्री « Khabarhub

पेशागत मर्यादालाई मध्यनजर गरी सेवा प्रवाह गरौँः प्रहरी महानिरीक्षक क्षेत्री


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रतिकुल अवस्थामा समेत पेशागत मर्यादालाई मध्यनजर गरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।

आइतबार गोरखा जिल्ला प्रहरी कार्यालयमा भएको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा महानिरीक्षक थापाले प्रतिकुल अवस्थालाई अनुकुल बनाउनकै लागि प्रहरी दिनरात खटिनुपर्ने बताउनुभएको हो । साधन श्रोतको अभावमा अपेक्षित सेवा दिन नसकिने भन्दै उनले समयसापेक्ष नविनतम् प्रविधिसँगै पूर्वाधार निर्माण गरी प्रहरी संगठनलाई वलियो वनाउनुपर्ने पनि बताए ।

कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले सांगठनिक जिम्मेवारी पूरा गर्दै संघ र प्रदेश सरकारको आर्थिक सहयोगमा आवश्यकताअनुसार भौतिक पूर्वाधार निर्माण कार्यलाई प्रहरीले निरन्तरता दिँदै आएका बताए ।

कार्यक्रममा गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तलगायतले धारणा राखेका थिए ।

नेपाल सरकारको ९ करोड २५ लाख १ सय ९५ रुपैयाँको लागतमा मुख्य कार्यालय, प्रहरी मेश, कार्यालय प्रमुख निवास, प्रहरी कर्मचारी ब्यारेक, हिरासत कक्ष गरी जम्मा ६ ओटा भवन निर्माण गरिएको छ ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ६ : ०८ बजे

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य