के.सी.एल.अस्ट्यूट क्यापिटलले अब गरिमा क्यापिटलको नाममा कारोबार गर्ने « Khabarhub

के.सी.एल.अस्ट्यूट क्यापिटलले अब गरिमा क्यापिटलको नाममा कारोबार गर्ने


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– के.सी.एल.अस्ट्यूट क्यापिटलले अब गरिमा क्यापिटलको नाममा कारोबार गर्ने भएको छ ।

गरिमा विकास बैंक लिमिटेडको ५१.२०% शेयर स्वामित्व रहने गरी गरिमा क्यापिटल लिमिटेड (साविक के.सी.एल.अस्ट्यूट क्यापिटल लिमिटेड) गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनीको रूपमा रूपान्तरण भएको हो ।

अब उप्रान्त के.सी.एल.अस्ट्यूट क्यापिटल लिमिटेडले प्रदान गर्दै आएका सेवा तथा कारोवारहरू गरिमा क्यापिटल लिमिटेडको नाममा सञ्चालन हुने छन् ।

गत आषाढ ४ गते के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेड र गरिमा विकास बैंक लिमिटेडबीच के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडको शेयर लगानी/स्वामित्व खरिद गर्नेसम्बन्धी समझदारी भएको थियो ।

चैत्र ७ गतेबाट साविकको के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति तथा तिर्नु ब्यहोर्नुपर्ने कर दायित्व आदि परिवर्तित नामको कम्पनीले सकार्ने ब्यहोर्ने गरी संस्थाको नाम के.सी.एल.अस्ट्यूट क्यापिटल लिमिटेड (केसीएल) बाट परिवर्तन गरी गरिमा क्यापिटल लिमिटेड कायम भएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  १२ : २३ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता