सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन तालिका सार्वजनिक, २६ गते मतदान « Khabarhub

सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन तालिका सार्वजनिक, २६ गते मतदान


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।

संघले निर्वाचन समिति सचिवालयको स्थापना गर्दै मतदाता नामावलीसहित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो। जसअनुसार निर्वाचन समितिले मंगलबार २०१४ जना मतदाताहरूको नामावली प्रकाशन गरेको छ।

तालिकाअनुसार बुधबार बिहान ११ देखि शुक्रबार दिउँसो ३ बजेसम्म प्रालि साझेदारी फर्म र कम्पनी लगायतको मतदाता सूचीमा नाम समावेश हुने गरी प्रतिनिधि पठाउने, प्रा.लि. साझेदारी फर्म र कम्पनी समेतको मतदाता सूचि प्रकाशन शुक्रबारै दिउँसो ४ बजेसम्म हुनेछ ।

यस्तै, मतदाता नामावलीमा दाबी विरोध शनिबार बिहान १० बजेदेखि साँझ ३ बजेसम्म, शनिबारै दिउँसो ४ बजेपछि उजुरी उपर निर्णय र अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाइएको छ ।

आइतबार बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म उम्मेदवारी दर्ता, दिउँसो ४ बजेपछि उम्मेदवारहरूको सूची प्रकाशन, सोमबार बिहान ११ बजेदेखि दिउँसो एक बजेसम्म उम्मेदवारी उपर दाबी विरोध, दिउँसो तीन बजेपछि दावी विरोध उपर निर्णय र उम्मेवादरहरूको अन्तिम नामावली प्रकाशनको कार्यतालिका तय भएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै, चैत २२ गतेदेखि २४ गते रातको १२ बजेसम्म प्रचार–प्रसार अवधि, २४ गते रातको १२ बजेपछि मौन अवधि र चैत २६ गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान र मतदान पश्चात् मतगणना र मतगणना सम्पन्न भएपछि परिणाम घोषणा गरिने निर्वाचन समितिले बताएको छ । निर्वाचनका लागि उत्तम आचार्य, नन्द भण्डारी र भानुभक्त गौतम सम्मिलित निर्वाचन मण्डल पनि गठन भएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ६ : ४५ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको