सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन तालिका सार्वजनिक, २६ गते मतदान « Khabarhub

सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन तालिका सार्वजनिक, २६ गते मतदान


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।

संघले निर्वाचन समिति सचिवालयको स्थापना गर्दै मतदाता नामावलीसहित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो। जसअनुसार निर्वाचन समितिले मंगलबार २०१४ जना मतदाताहरूको नामावली प्रकाशन गरेको छ।

तालिकाअनुसार बुधबार बिहान ११ देखि शुक्रबार दिउँसो ३ बजेसम्म प्रालि साझेदारी फर्म र कम्पनी लगायतको मतदाता सूचीमा नाम समावेश हुने गरी प्रतिनिधि पठाउने, प्रा.लि. साझेदारी फर्म र कम्पनी समेतको मतदाता सूचि प्रकाशन शुक्रबारै दिउँसो ४ बजेसम्म हुनेछ ।

यस्तै, मतदाता नामावलीमा दाबी विरोध शनिबार बिहान १० बजेदेखि साँझ ३ बजेसम्म, शनिबारै दिउँसो ४ बजेपछि उजुरी उपर निर्णय र अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाइएको छ ।

आइतबार बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म उम्मेदवारी दर्ता, दिउँसो ४ बजेपछि उम्मेदवारहरूको सूची प्रकाशन, सोमबार बिहान ११ बजेदेखि दिउँसो एक बजेसम्म उम्मेदवारी उपर दाबी विरोध, दिउँसो तीन बजेपछि दावी विरोध उपर निर्णय र उम्मेवादरहरूको अन्तिम नामावली प्रकाशनको कार्यतालिका तय भएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै, चैत २२ गतेदेखि २४ गते रातको १२ बजेसम्म प्रचार–प्रसार अवधि, २४ गते रातको १२ बजेपछि मौन अवधि र चैत २६ गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान र मतदान पश्चात् मतगणना र मतगणना सम्पन्न भएपछि परिणाम घोषणा गरिने निर्वाचन समितिले बताएको छ । निर्वाचनका लागि उत्तम आचार्य, नन्द भण्डारी र भानुभक्त गौतम सम्मिलित निर्वाचन मण्डल पनि गठन भएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ६ : ४५ बजे

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने

तोडियो चुनावअघि गठबन्धन गर्ने दलहरूको परम्परा

काठमाडौं – दलहरुबीच चुनावअघि नै गठबन्धन गर्ने परम्परा यसपटक उल्टिएको

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन