भट्टराई र चन्दलाई मणिराज वाङमय पुरस्कार « Khabarhub

भट्टराई र चन्दलाई मणिराज वाङमय पुरस्कार


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीले विभिन्न विधाका साहित्यकारलाई पुरस्कृत तथा अभिनन्दन गरेको छ ।

प्रतिष्ठानले मंगलबार काठमाडौँमा आयोजना गरेको विविध पुरस्कार एवम् अभिनन्दन कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दको ८४ औँ वसन्त प्रवेशको अवसरमा अभिनन्दन तथा पुरस्कार वितरण गरिएको हो । प्रतिष्ठानका अध्यक्ष पदमराज जोशीले कोरोना संक्रमणका कारण विगत वर्षमा रोकिएको सम्मान कार्यक्रम यस वर्ष गरिएको बताए ।

प्रतिष्ठानले २०७५ सालको १ लाख रुपैयाँ राशिको मणिराज वाङमय पुरस्कार पूर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार चन्द र २०७६ सालको सोही पुरस्कार साहित्यकार डा तुलसी भट्टराईलाई प्रदान गरेको छ ।

प्रतिभा पुरस्कार दीपकप्रकाश बाँस्कोटालाई प्रदान गरिएको छ । स्वामी खप्तड स्वामी सत्चितानन्द सरस्वती पुरस्कार सहित्कार भरतराज पौडेललाई प्रदान गरिएको छ । प्रतिष्ठानले शास्त्री देवराज आचार्य पुरस्कार २०७६ प्राडा रामचन्द्र भट्ट र खडगबहादुर प्रतिभा पुरस्कार लक्कीबहादुर चौधरीलाई प्रदान गरिएको छ ।

सो अवसरमा पूर्वप्रधानमन्त्री चन्दले डा तुलसी भट्टराईद्वारा लिखित ‘सुनेको चीन देखेपछि’नामक यात्रा वृत्तान्त पुस्तक समेत लोकार्पण गरे ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ७ : ३७ बजे

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला

पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

पाल्पा – लगातारको वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरो

देशभरका ५० जिल्लाका नदीमा बाढीको जोखिम, १७ जिल्लामा ‘अति उच्च’ सतर्कता

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका

मर्स्याङ्दी नदीको बाढीले तालगाउँ फेरि डुबानमा

पोखरा– लगातारको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको