विश्व इतिहासमा आज : अमेरिकी पूर्वराष्ट्रपति रेगनको हत्या प्रयासदेखि प्यालेस्टाइनीमाथि इजरायलको दमनसम्म  | Khabarhub Khabarhub

विश्व इतिहासमा आज : अमेरिकी पूर्वराष्ट्रपति रेगनको हत्या प्रयासदेखि प्यालेस्टाइनीमाथि इजरायलको दमनसम्म 


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज ३० मार्च २०२२ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रम :

रोनाल्ड रेगनको हत्या
सन् १९८१ को ३० मार्चमा अमेरिकाका तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनको गोली हानी हत्या प्रयास भएको थियो । एक बन्दुकधकारीले वासिंगटनस्थित एउटा होटेलमा उनीमाथि अन्धाधुन्ध गोली प्रहार गरेको थियो । मानसिक रुपमा बिमारी भनिएका आक्रमणकारीले  राष्ट्रपतिको हत्या गरेर ‘प्रख्यात’ हुने आफ्नो आशय रहेको बताएका थिए ।

अमेरिकाले किन्यो रुसबाट अलास्का 
सन् १८६७ मा अमेरिकाले रुसबाट अलास्कालाई किनेको थियो । उत्तर अमेरिकाको उत्तर–पश्चिमी छेउमा रहेको सो क्षेत्रलाई ७२ लाख डलरमा अमेरिकाले रुससँग किनेको थियो ।

ट्रिटी अफ पेरिसमा हस्ताक्षर
सन् १८६५ मा दि ट्रिटी अफ पेरिसमा हस्ताक्षर भएको थियो । हस्ताक्षरसँगै क्रिमिया युद्ध अन्त्य भएको थियो । रुसले ओटोमन साम्राज्य, फ्रान्स, बेलायत र सार्डिनियाको गठबन्धनसँग युद्ध हारेको थियो ।

जिओपार्डीको पहिलो प्रसारण
सन् १९६४ मा प्रख्यात गमे सो जिओपार्डीको पहिलो पटक प्रसारण भएको थियो । अहिले पनि प्रसारण हुने उक्त सो विश्वकै प्रख्यात गेम सो हो ।

प्यालेस्टाइनीमाथि इजरायलको दमन
सन् १९७६ को ३० मार्चमा हजारौँ प्यालेस्टाइनीहरूले इजरायलको बृहत भूमि अधिग्रहणको विरोधमा प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा इजरायली प्रहरीको हमलामा ६ प्रदर्शनकारीको मृत्यु हुनुका साथै दर्जनौँ  घाइते भएका थिए ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ८ : ५४ बजे

कोरियाले नेपाललाई दिएका गाईका बाछी स्थानीयलाई उपहार

सिन्धुली– करिब तीन वर्षअघि कोरियाले नेपाललाई दिएका उन्नत जातका गाईबाट

नेपालको अर्थतन्त्र सुधार हुँदैछ : आइएमएफ उपनिर्देशक

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष

सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनसरी–मोरङ सिँचाइ आयोजनामा

नेरुडे मिर्मिरे लघुवित्तको अध्यक्षमा बोहरा 

काठमाडौं– नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा  टेक बहादुर बोहरा

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बागलुङ– प्रसूति व्यथा लागेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार