तालमेलको निर्णय गठबन्धनको बैठकले गर्छ : कांग्रेस नेता सिंह « Khabarhub

तालमेलको निर्णय गठबन्धनको बैठकले गर्छ : कांग्रेस नेता सिंह


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनको औचित्य कायमै रहेकाले स्थानीय आवश्यकताअनुसार गठबन्धनका दलबीच तालमेल गरेर जानुपर्ने अवस्था आएको बताएका छन् ।

आज काठमाडौँको बुद्धनगरमा आयोजित स्थानीयसँगको भेटघाटमा सिंहले तालमेलको मोडालिटी तय गर्न गठबन्धनका दलहरुबीच छिट्टै बैठक बस्ने बताए । कांग्रेस केन्द्रीय कमिटी बैठकले स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार गठबन्धनका दलबीच तालमेल गर्ने निर्णय गरेको थियो ।

‘संसदमा कांग्रेसको उपस्थिति कस्तो थियो, कसरी र कसका कारण कांग्रेसको नेतृत्वमा सरकार निर्माण भयो । यी सबै कुराको ख्याल राख्नुपर्छ ।  गठबन्धनको औचित्य बाँकी नै छ । वास्तविक धरातमा उभिन अनुरोध गर्दछु,’ तालमेलको विपक्षमा रहेका नेताहरुप्रति लक्षित गर्दै उनले भने ।

अब मतदाताले पनि चुनावमा लेखाजोखा गर्ने बेला आएको उनले बताए । ‘देश र जनताका लागि कुन पार्टीले के गरेका छन् भनेर अब मूल्याङ्कन हुन्छ,’ सिंहले भने ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  १० : ३४ बजे

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला

पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

पाल्पा – लगातारको वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरो

देशभरका ५० जिल्लाका नदीमा बाढीको जोखिम, १७ जिल्लामा ‘अति उच्च’ सतर्कता

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका

मर्स्याङ्दी नदीको बाढीले तालगाउँ फेरि डुबानमा

पोखरा– लगातारको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको