भारतीय दूतावासले मनायो ५७ औं आइटेक दिवस « Khabarhub

भारतीय दूतावासले मनायो ५७ औं आइटेक दिवस


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय राजदूतावासले हिजो काठमाडौंमा ५७ औं भारतीय प्राविधिक एवम् आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले कार्यक्रमको उद्घाटन गर्दै भारतका विभिन्न प्रतिष्ठित संस्थानहरुबाट उच्च शिक्षा तथा प्रशिक्षण लिएका आइटेकका पूर्व विद्यार्थीहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा माननीय शिक्षा मन्त्री देवेन्द्र पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

नेपालका प्रधानसेनापति महारथी प्रभुराम शर्मा विशेष अतिथिको रुपमा थिए । राजदूत क्वात्राले नेपालका प्रधानसेनापति तथा भारतीय सेनाका मानार्थ महारथी प्रभुराम शर्मा र आइटेकका वरिष्ठ अलम्नाइ तथा जनकपुरस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप–कुलपति प्राध्यापक डा.राम केवल साहलाई उनीहरुले राष्ट्रप्रति गरेको उल्लेखनीय सेवा र प्राप्त गरेका उपलब्धिको कदर गर्दै सम्मान गरे ।

नेपाली सेनाका अवकास प्राप्त अधिकृत र जलस्रोत तथा उर्जा आयोगका सचिव दिनेश कुमार घिमिरे लगायतका आइटेक अलम्नाइहरुले भारतका विभिन्न संस्थानहरुमा तालिम लिँदाका दिनहरुको स्मरण समेत गराएका थिए ।

त्यस्तै क्वात्राले आइटेक अन्तर्गतका विभिन्न प्रशिक्षण कार्यक्रहरुमा नेपाल सबैभन्दा बढी सक्रिय रुपमा सहभागी हुने तथा प्रशिक्षण प्राप्त गर्ने मुलुक रहेको बताए । स्थापना भएको ५७ वर्ष अवधिमा आइटेक अन्तर्गतका कार्यक्रमहरुबाट विश्वभरका दुई लाखभन्दा बढी मानिसहरु लाभान्वित भएका छन् ।

त्यस्तै विगत १५ वर्षदेखि नेपालका विशेष आवश्यकताहरु पूरा गर्न विशेष तवरले बनाइएका विशेष आइटेक कोर्ष अन्तर्गत हजारौं नेपाली नागरिकहरुलाई प्रशिक्षण दिइएको छ ।

कोभिड–१९ महामारीको समयमा पनि नेपाली आइटेक विद्यार्थीहरुको निरन्तरतालाई सुनिश्चित गर्दै इ–आइटेक कोर्षमार्फत निबार्ध रुपमा प्रशिक्षण प्रदान गर्न भारतीय राजदूतावासले चालेका प्रयासहरुको माननीय मन्त्री देवेन्द्र पौडेलले प्रशंसा गरे ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ६ : १२ बजे

सुनसरी घटना : छानबिन समितिमा दुई सदस्य थप

काठमाडौं– सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा

‘कार्गो क्षेत्रलाई व्यवस्थित बनाउन संघ–प्रदेश सहकार्य आवश्यक’

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा फ्रेट फरवार्डिङ

एकताको सन्देश दिन राष्ट्रिय झण्डासहित सद्भाव र्‍याली (तस्बिरहरू)

बुटवल– दुई फरक समुदायबीच भएको हिंसात्मक झडपले सुनसरी अस्तव्यस्त बनिरहँदा बुटवलमा

वालेन्द्र शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका वालेन्द्र शाह सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ