‘ए मेरो हजुर ४’ सँग जोडिएका सफलताहरू | Khabarhub Khabarhub

‘ए मेरो हजुर ४’ सँग जोडिएका सफलताहरू


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली फिल्म चल्ने केही डेट छन् । नयाँ वर्ष, तीज, दसैँ, तिहार, माघेसंक्रान्ति, शिवरात्रीलगायतका डेटमा प्रदर्शनमा आउने नेपाली फिल्मको कलेक्सन अन्य डेटभन्दा बढी हुने गरेको छ ।

विशेषत नयाँ वर्षको डेट नेपाली फिल्मका लागि निकै राम्रो मानिन्छ । किनकी यो डेटमा हलमा रहेका फिल्महरू हाउसफुल हुने गरेको प्रसस्त उदाहरणहरू छन् ।

यसैले गर्दा यो डेटलाई सकेसम्म नेपाली निर्माताले गुमाउन चाहदैनन् । तर, यसपटक अवस्था फेरिएको छ । नेपाली फिल्मका लागि राम्रो मानिने डेटमा विदेशी फिल्म आउन थालेका छन् ।
वैशाख १ को डेटमा यसपटक नेपाली फिल्म ‘ए मेरो हजुर ४’ विदेशी फिल्महरूसँग भिड्दै छ ।

यो आफैँमा एउटा हिम्मत हो । नेपाली निर्माताले यस्तो आट पछिल्लो केही वर्ष यता गरेका छैनन् । विदेशी ठूलो फिल्म नेपाल आउने हुँदा पनि निर्माता सुनिलकुमार थापा र निर्देशक झरना थापा आफ्नो फिल्म चलाउन अगाडि सरेका छन् ।

‘हामी नेपालमा छौँ अनि हाम्रो डेट कसरी विदेशी फिल्मलाई छाड्न सक्छौँ ?’ निर्माता थापाले प्रश्न गर्दै भने, ‘नेपालमै हामीले हाम्रो डेटमा फिल्म चलाउन नपाउने हो भने अन्त कहाँ पाउछौँ र ?’ उनको प्रश्न स्वाभाविक पनि हो । नेपालमा विदेशी फिल्मको दबदबा पछिल्लो समय बढ्दो छ । नेपालमा विदेशी फिल्म सस्तोमा आउने भएकाले पनि नेपालका वितरक त्यसतर्फ आकर्षित हुने गरेका छन् । तर, ए मेरो हजुर ४ टिमले आफ्नो डेट नछाड्ने अडान लिएको छ । तासलाई नेपाली दर्शकले पनि साथ दिइरहेका छन् । यद्यपि फिल्मले पाउने शो टाइम, शो संख्याले पनि यसको व्यापारमा फरक पार्नेछ ।

केही समय अघि भएको ट्रेलर रिलिज कार्यक्रममा फिल्म दर्शकसम्म पु¥याउन वितरक र प्रदर्शकको साथ चाहिएको निर्माता थापाले बताएका थिए ।
‘हामीले हाम्रो फिल्मलाई नेपाली डेटमा ल्याउँदैछौँ । अब दर्शकसम्म पु¥याउने दायित्व वितरकसँगै प्रदर्शकको पनि छ’ निर्माताले थापाले भने । निर्देशक झरनाले भने नेपाली दर्शकले साथ दिएमा नेपाली फिल्मको स्तर अझैँ बढ्ने बताइन् । ‘जसरी साउथका दर्शकले आफ्नो फिल्मलाई माया गर्दै बिग बजेटमा बनाउनेसम्मको बनाए त्यो यहाँ पनि विस्तारै हुन्छ’ निर्देशक थापाले भनिन् । उनले हिजो पनि साउथ फिल्मले बजेट बढ्दै गएपछि आफ्नो स्तरीयता बढाएको बिर्सन नहुने बताइन् ।

‘दशक अगाडिको साउथ इन्डियन फिल्म हेर्नुस् त ? उनीहरूको दर्शकले माया नगरेको भए आज त्यहाँ पाँच सय करोड आइसी खर्च गरेर फिल्म बन्थ्यो त ? के हाम्रो फिल्मको स्तर बढेको छैन र ?’ निर्देशक थापाले भनिन् । उनले आफ्नै प्रोडक्सनमा बनिरहेको ‘ए मेरो हजुर’ सिरिजमा नै विस्तारै लगानी बढिरहेको बताइन । ‘हामीलाई दर्शकले माया गर्नु भएपछि हामीले लगानी बढाएका छौँ । हामीले पनि काम गर्दै जाँदा सिक्ने न हो’ उनले भनिन । यसपटक ‘ए मेरो हजुर ४’ असफल भए त्यसको असर आउने अन्य फिल्मलाई पनि पर्छ । किनकी त्यसपछि विदेशी ठूला फिल्मसँग अन्य फिल्मलेसँगै आउने हिम्मत गर्न सक्दैनन् । र, नेपालमै नेपाली फिल्मले राम्रो डेट पाउन मुस्किल हुनेछ । यो समेत बुझेकी छिन्, निर्देशक थापाले ।

उनले आफ्नो टिमले नेपाली फिल्मलाई पछाडि हट्ने काम कदापि नगर्ने बताइन् । ‘यतिबेला हामीले भिड्नु पर्छ भन्ने लगेर भिडेका हौँ । किनकी यो जित हाम्रो मात्र हँुदैन । सम्रगमा अन्य फिल्मको पनि हुन्छ । नेपाली फिल्मले विदेशी फिल्मसँग भिड्दा पनि राम्रो व्यापार गरे भने अन्य निर्मातालाई पनि हिम्मत त आउँछ नै साथै वितरकले विदेशी फिल्ममा महँगो रकम हाल्न समेत डराउछन्’ निर्देशक थापाले भनिन् ।

झरना र सुनिलले गरेको हिम्मतमा नेपाली फिल्मकर्मीले कत्तिको साथ दिएका छन् त ? निर्देशक थापाले भनिन्, ‘हामीले साथ पाइनै रहेका छौँ । तर, यो सफलता हाम्रो मात्र हुँदैन । ‘यतिबेला ‘ए मेरो हजुर ४’ को सफलता नेपालमा विदेशी फिल्मको बजार, वितरकहरूको विदेशी फिल्ममा महँगो लगानीलाई पक्कै निरुत्साहित गर्छ नै । फिल्ममा अनमोल केसी, सलोन बस्नेत, सुहाना थापालगायतका कलाकारहरूको अभिनय रहेको छ ।

 

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ४ : २६ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक बनाएर असिफ आउट

काठमाडौं– आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन्

‘सरकार ! रूसबाट आफन्त फिर्ता ल्याइदेऊ’

काठमाडौं – सन् २०२२ फेब्रुअरी २४ देखि रूसले छिमेकी युक्रेनमाथि

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको