विश्व सम्मेलनमा उठेका विषयमा सहकार्य र समन्वय गर्न एनआरएनएको आग्रह « Khabarhub

विश्व सम्मेलनमा उठेका विषयमा सहकार्य र समन्वय गर्न एनआरएनएको आग्रह


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का नवनिर्वाचित प्रतिनिधिमण्डलले हालै सम्पन्न दसौँ विश्व सम्मेलनमा उठेका विभिन्न सवालका बारेमा नेकपा एकीकृत समाजवादीलाई जानकारी गराएको छ ।

बुधबार एनआरएनएको कार्यसमितिलाई बधाई दिन आयोजित कार्यक्रममा एनआरएनएका अध्यक्ष कुल आचार्यको नेतृत्वको प्रतिनिधिमण्डलले सम्मेलनमा उठेका सवालमा सहकार्य र समन्वय गरिदिन आग्रह गरेको हो ।

उनीहरूले संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयक पारित गर्न आग्रह गर्नुका साथै १०० कोठाको अत्याधुनिक सुविधासम्पन्न वृद्धाश्रम निर्माणका लागि नेपाल सरकारसँग जग्गा उपलब्ध गराउन, गैरआवासीय नेपालीले नेपालमा गर्न लागेको १० अर्बकोे सामूहिक लगानी कोषको कानुनी बाधा–अड्चन फुकाउनका लागि सहजीकरण गरिदिन आग्रह गरेका छन् ।

त्यस्तै, वैदेशिक रोजगार सामाजिक सुरक्षा कार्यक्रम ल्याउन पहल गर्न र वैदेशिक रोजगारबाट प्राप्त विप्रेषण सटहीमा प्रतिअमेरिकन दुई डलर सङ्घको वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा हुने गरी पहल गर्न सहजीकरणका लागि अनुरोध गरिएको छ ।

सो क्रममा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रतिनिधिमण्डलले अगाडि सारेका सवाल उपयुक्त रहेकाले तिनको कार्यान्वयन गर्न आफू सकारात्मक रहेको बताए ।
कार्यक्रममा एनआरएनएको महाधिवेशनबाट निर्वाचित अध्यक्ष रबिना थापा र डा. बद्री केसीलगायत अन्य पदाधिकारी पनि सहभागी थिए । भेटका क्रममा नवनिर्वाचित कार्यसमितिलाई सम्मान, बधाई तथा शुभकामना दिइएको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ६ : ०४ बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका