आवश्यकताका आधारमा चुनावी तालमेल हुन्छ, बाध्यकारी होइनः महामन्त्री शर्मा « Khabarhub

आवश्यकताका आधारमा चुनावी तालमेल हुन्छ, बाध्यकारी होइनः महामन्त्री शर्मा


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको निर्वाचनमा आवश्यकताका आधारमा मात्र गठबन्धन हुने स्पष्ट पारेका छन् ।

आज काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले बनेपामा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री शर्माले चुनावी तालमेल बाध्यकारी नभएको भन्दै आवश्यकताका आधारमा स्थानीय स्थिति र भावनामा तालमेल हुने बताएका हुन् ।

उनले पार्टीलाई अधिकांश स्थानीय तहमा निर्वाचित गराउन तालमेल गर्न लागेको पनि बताए ।

तालमेल गर्दा कुन दलबीच कुन तहमा कस्ता उम्मेदवार दिने विषय पार्टीको संसदीय बोर्डले टुंग्याउने पनि महामन्त्री शर्माले बताए ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ९ : ४० बजे

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध: कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित

कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो

स्याङ्जा– कालीगण्डकी नदीमा आएको बाढीले पक्की पुल बगाएको छ ।

सुरुवाती अग्रता जोगाउन नसक्दा स्पेनसँग हार्‍याे इङ्ल्यान्ड

लन्डन – युइएफए नेसन्स लिगको रोमान्चक खेलमा इङ्ल्यान्ड विश्व विजेता

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

तनहुँ– तनहुँ जिल्लाका वन क्षेत्रबाट ६७ हजार ९६७ परिवार लाभान्वित