तीन क्यासिनो बन्द गराउन गृहमन्त्रालयलाई पर्यटन विभागको पत्र « Khabarhub

तीन क्यासिनो बन्द गराउन गृहमन्त्रालयलाई पर्यटन विभागको पत्र


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तीन क्यासिनोलाई बन्द गराउन गृहमन्त्रालयलाई पर्यटन विभागले पत्राचार गरेको छ ।

बक्यौँता रकम सरकारलाई नबुझाउने तीन क्यासिनो बन्द गराउन विभागले पत्राचार गरेको हो ।

यसअघि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ती क्यासिनोलाई बक्यौँता रकम बुझाउन पाँच दिनको समयसीमा दिएका थिए ।

यस अवधिमा रकम नबुझाएका कारण विभागले सूचना प्रकाशित गरी क्यासिनो बन्द गराउन गृहमन्त्रालय तथा प्रहरी प्रधान कार्यालय नक्साललाई पत्राचार गरेको हो ।

पर्यटन विभागका अनुसार रक इन्टरनेशनल प्रालिबाट ३० करोड ३८ लाख, ह्याप्पी आवरबाट ३० करोड १७ लाख र ओरियन्टल होटल्सबाट ३० करोड उठाउन बाँकी छ ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ११ : ५१ बजे

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध: कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित

कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो

स्याङ्जा– कालीगण्डकी नदीमा आएको बाढीले पक्की पुल बगाएको छ ।

सुरुवाती अग्रता जोगाउन नसक्दा स्पेनसँग हार्‍याे इङ्ल्यान्ड

लन्डन – युइएफए नेसन्स लिगको रोमान्चक खेलमा इङ्ल्यान्ड विश्व विजेता

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

तनहुँ– तनहुँ जिल्लाका वन क्षेत्रबाट ६७ हजार ९६७ परिवार लाभान्वित