लमजुङका स्थानीय तहमा पुरानै अनुहार दोहोरिने  « Khabarhub

लमजुङका स्थानीय तहमा पुरानै अनुहार दोहोरिने 


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – यस पटकको स्थानीय तहको निर्वाचनमा लमजुङमा दोहोरिने उम्मेदवार धेरै छन् । लमजुङका ८ स्थानीय तहमध्ये ४ वटा स्थानीय तहका प्रमुखले पुनः उम्मेदवारी दर्ता गराएका हुन् ।

लमजुङको सदरमुकाम बेसीशहर नगरपालिकाको प्रमुखमा एमालेले प्रमुखमा गुमानसिंह अर्याललाई दोहोर्‍याएको छ । एमालेले राइनास नगरपालिका प्रमुखमा एमालेकै सिंहबहादुर थापा र मर्स्याङ्दी  गाउँपालिकामा एमालेका अर्जुन गुरुङले अध्यक्ष पद लागि उम्मेदवारी दिएका छन् । मध्यनेपाल नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका रमेशकुमार पाण्डले पुनः उम्मेदवारी दर्ता गराएका छन् ।

काग्रेसले गुमानसिंह अर्यालविरुद्ध बेसीशहर नगरपालिकाको प्रमुखमा श्रीकान्त घिमिरेलाई उठाएको छ । यस्तै राइनासमा एमालेका सिंह बहादुरविरुद्ध कांग्रेसका खड्कबहादुर गुरुङ, मध्यनेपालमा कांग्रेसका रमेशकुमारविरुद्ध एमालेका राजकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । मर्स्याङ्दीमा एमालेका अर्जुनविरुद्ध कांग्रेसका लोकनाथ घिमिरे चुनावी मैदानमा छन् ।

सुन्दरबजार नगरपालिकामा एमालेबाट भीमबहादुर गुरुङ र कांग्रेसबाट कृष्णप्रसाद कोइराला प्रमुख पदका लागि चुनावी मैदानमा छन् । दोर्दी गाउँपालिकामा एमालेका युवराज अधिकारी र माओवादी केन्द्रका लालबहादुर गुरुङ चुनावी मैदानमा छन् । क्वहोलासोंथरमा एमालेका सूर्यप्रसाद गुरुङ र कांग्रेसका टेकबहादुर गुरुङबिच प्रतिस्पर्धा हुनेछ । अध्यक्षका लागि दूधपोखरीमा एमालेका तेजबहादुर गुरुङ र कांग्रेसका धनप्रसाद गुरुङ चुनावी मैदानमा छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ७ : ३० बजे

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य

कोप–३१ मा नेपालको प्राथमिकता : जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ- नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका