कपनमा निःशुल्क स्वास्थ्य शिविर, ९०२ जनाले लिए सुविधा « Khabarhub

कपनमा निःशुल्क स्वास्थ्य शिविर, ९०२ जनाले लिए सुविधा


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गिरिजाप्रसाद कोइराला फाउण्डेशन बागमती प्रदेशले काठमाडौँको कपनमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

फाउण्डेशन बागमती प्रदेशले शुक्रबार काठमाडौँ मेडिकल कलेजको सहकार्यमा बूढानीलकण्ठ नगरपालिका–११ कपनटारमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

कार्यक्रममा फाउण्डेशन बागमती प्रदेशका अध्यक्ष गणेश भट्टराईले कपन क्षेत्रमा बस्ने गरिब तथा विपन्न नागरिकलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरेको जानकारी दिए। उनले जीपी फाउण्डेशनले समाजका विभिन्न क्षेत्रमा काम गर्दै आएको बताउँदै नागरिकको स्वास्थ्य जाँच सेवालाई विशेष प्राथमिकता दिएको बताए ।

उक्त स्वास्थ्य शिविरमा ९०२ लाई सेवा प्रदान गरिएको थियो । शिविरमा प्रसूति तथा स्त्रीरोग, बालरोग, छालारोग, हाडजोर्नी तथा नसा, नाक, कान, घाँटी साथै आँखा रोग र दाँतसम्बन्धी रोगको जाँच गरिएको थियो ।

यस्तै शिविरमा भिडियो एक्सरे सेवा, प्रयोगशाला, इसिजी सेवा पनि प्रदान गरिएको फाउण्डेशन बागमती प्रदेशका सहसंयोजक कुमार खड्काले जानकारी दिए। आगामी दिनमा बूढानीलकण्ठका सबै वडामा यस्ता शिविर सञ्चालन गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ८ : २३ बजे

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा

एउटा मात्र उद्योग भए पनि संरक्षण र प्रवर्द्धन गर्नु सरकारको दायित्व हो : सभापति अन्सारी

मोरङ – प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कांग्रेसको १५औं महाधिवेशनपछि यस्तो देखियो खुलामञ्चको घाँसे मैदान (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आयोजना गरिएको खुलामञ्चको घाँसे

अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !

काठमाडौं– नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई

नयाँ सहर आयोजनाबाट २९ करोड ५० लाखका पूर्वाधार योजना कार्यान्वयन हुँदै

दमौली- नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले चालु आर्थिक वर्ष २०८३/८४