सी डिभिजन लिगमा रानीवनको दोस्रो जित « Khabarhub

सी डिभिजन लिगमा रानीवनको दोस्रो जित


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहीद स्मारक सी डिभिजन लिगमा रानीवन स्पोर्ट्स क्लबले दोस्रो जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज दिउँसो भएको खेलमा रानीवनले ओएसीस क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

रानीवनका लागि विनय र कुबेर बहादुर सिंहले १–१ गोल गरे भने आएसीसका लागि विक्रम जीटीले १ गोल गरे ।

खेलको सुरुवाती मिनेटमा नै विक्रमले गोल गरेर ओएसीसलाई अग्रता दिलाएका थिए । खेलको ५९ औँ मिनेटमा विनयको गोलले रानीवनको खेलमा पुनरागमन गर्यो । खेलको ६० औँ मिनेटमा कुबेरले अर्को गोल गर्न सफल भए ।

निर्धारित समयसम्म पनि दुवै टोलीले अर्को गोल गर्न सकेनन् र रानीवन विजयी भयो । आज हुने अर्को खेलमा वीरगञ्जज युथ एकेडेमी र स्पोर्ट्स एकेडेमी साँगा दिउँसो ४ बजे आमने सामने हुनेछन् ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ३ : ३० बजे

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको

गगन थापाको नेतृत्व र एकताको महाधिवेशनले कांग्रेसलाई बलियो बनाउँछ : जीवनबहादुर शाही

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित

कांग्रेस महाधिवेशन : दाबी विरोधको समय दिउँसो २ बजेसम्म थपियो

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारको दाबी विरोध गर्ने समय थप गरिएको

लेतेदेखि कोरलासम्म रोकिएका कन्टेनर

मुस्ताङ– मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै