सी डिभिजन लिगमा रानीवनको दोस्रो जित « Khabarhub

सी डिभिजन लिगमा रानीवनको दोस्रो जित


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहीद स्मारक सी डिभिजन लिगमा रानीवन स्पोर्ट्स क्लबले दोस्रो जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज दिउँसो भएको खेलमा रानीवनले ओएसीस क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

रानीवनका लागि विनय र कुबेर बहादुर सिंहले १–१ गोल गरे भने आएसीसका लागि विक्रम जीटीले १ गोल गरे ।

खेलको सुरुवाती मिनेटमा नै विक्रमले गोल गरेर ओएसीसलाई अग्रता दिलाएका थिए । खेलको ५९ औँ मिनेटमा विनयको गोलले रानीवनको खेलमा पुनरागमन गर्यो । खेलको ६० औँ मिनेटमा कुबेरले अर्को गोल गर्न सफल भए ।

निर्धारित समयसम्म पनि दुवै टोलीले अर्को गोल गर्न सकेनन् र रानीवन विजयी भयो । आज हुने अर्को खेलमा वीरगञ्जज युथ एकेडेमी र स्पोर्ट्स एकेडेमी साँगा दिउँसो ४ बजे आमने सामने हुनेछन् ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ३ : ३० बजे

प्रधानमन्त्री कार्कीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट

काठमाडौं– नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला

नसुध्रिएको त्रिवि : ‘लाइन होइन अनलाइन’ नारामुनि विद्यार्थी बस्छन् घण्टौं लाइन

काठमाडौं– बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय प्रवेश गर्नेबित्तिकै ग्लोबल

 समयमै निर्वाचन गर्न देशभित्रैबाट सरकारलाई असहयोग भएको अर्थमन्त्रीको गुनासो

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले तोकिएको समयमा निर्वाचन गर्न देशभित्रैबाट सरकारलाई

पुर्णबहादुर नाममात्रैको कार्यवाहक, पार्टी सञ्चालन देउवा निवासबाटै हुन्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले तोकिएको समयमा नै पार्टीको