निष्पक्ष निर्वाचनका लागि सुरक्षाको कुनै कसर बाँकी नराख्न गृहमन्त्रीको निर्देशन « Khabarhub

निष्पक्ष निर्वाचनका लागि सुरक्षाको कुनै कसर बाँकी नराख्न गृहमन्त्रीको निर्देशन


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्थानीय तह निर्वाचनका सम्बन्धमा आइपर्ने सुरक्षा चुनौतीका विषयमा आज गृह मन्त्रालयमा छलफल भएको छ ।  

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा भएको निर्वाचन सुरक्षा गोष्ठीमा आइपर्ने चुनौती र त्यसको समाधान गर्दै कसरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गर्ने भन्ने विषयमा छलफल भएको थियो ।

गोष्ठीमा भर्चुअल रुपमा प्रदेशगत प्रस्तुतीकरण गरिएको थियो । प्रदेशगत प्रस्तुति सुनेपछि गृहमन्त्री खाणले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित तरिकाले उपलब्ध प्राप्त स्रोतसाधनको उपयोग गरेर सम्पन्न गर्न निर्देशन दिएका थिए। 

गोष्ठीमा केन्द्र, प्रदेश र जिल्लाका सुरक्षा समितिका पदाधिकारी र सदस्यलाई निर्देशन दिँदै मन्त्री खाणले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कुनै कसुर बाँकी नराख्न आग्रह गरेका हुन् । स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई आगामी दिनमा सुरक्षा निकायमा भर्ना हुँदा प्राथमिकतामा राख्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए। ‘निर्वाचनका लागि सरकारले एक लाख म्यादी प्रहरी भर्ना गरेको छ ।

उनले सीमित स्रोतसाधन उपयोग गरेर अहिलेसम्म जिल्ला जिल्लामा भएको निर्वाचनको सुरक्षा सम्बन्धमा भएको तयारी प्रशंसायोग्य रहेको पनि बताए। 

गृहसचिव टेकनारायण पाण्डेले निर्वाचनको सुरक्षा र निष्पक्षता सरकारको मुख्य ध्यय भएकाले त्यसै अनुरूप काम गर्न निर्देशन दिए। सबै जिल्लाका प्रजिअ र सुरक्षा समितिका पदाधिकारीले सीमित स्रोतसाधनलाई उपयोग गरेर कुशलता प्रदान गरी उदाहरणयोग्य काम गर्ने अपेक्षा  मन्त्रालयले राखेको गृह सचिव पाण्डेले बताए।  

गृह मन्त्रालयमा भएको गोष्ठीमा गृहसचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेललगायतको सहभागिता थियो । 

बैठकमा भर्चुअल माध्यमबाट सबै जिल्ला सुरक्षा समितिका पदाधिकारी तथा प्रदेशका सुरक्षा निकायका प्रमुख सहभागिता थियो ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ३ : ५७ बजे

भूमिमन्त्रीको पहिलो निर्णय-समस्याग्रस्त सहकारीका विषयमा जानकार छु, समाधान गर्छु

काठमाडौं– नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले पदभार

बालेनले सस्मितलाई बनाए सरकारको प्रवक्ता

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा, युवा तथा

बेपत्ता मुस्ताङ एयरको हेलिकप्टरमा थिए पाइलटसहित ५ यात्रु 

काठमाडौं– दोलखाबाटको ल्याप्चा क्षेत्रबाट शुक्रबार सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टरमा

खेलकुदमन्त्रीले भने- खेल क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणलाई अन्त्य गर्छु

काठमाडौं– नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री

ऊर्जामन्त्री श्रेष्ठले भने- ऊर्जाबाट कोही पनि वञ्चित हुनुपरोस्

काठमाडौं– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि