कैलालीका उम्मेदवारहरूले बुझाएनन् सवारीसाधनको विवरण | Khabarhub Khabarhub

कैलालीका उम्मेदवारहरूले बुझाएनन् सवारीसाधनको विवरण


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– आगामी स्थानीय तह निर्वाचनमा कैलालीका उम्मेदवारहरूले प्रयोग गर्ने सवारी साधानको विवरण निर्वाचन अधिकृतको कार्यालयमा अझैसम्म बुझाएका छैनन् ।

उम्मेदवारले घरदैलो तथा प्रचारका लागि प्रयोग हुने सवारी साधनको विवरण सम्बन्धित पालिकाकास्थित निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्ने कानूनी व्यवस्था छ । तर, कैलालीमा भने शनिबारसम्म त्यस्ता सवारीको विवरण बुझाउने उम्मेदवार शून्य छन् ।

कैलालीका मुख्य निर्नचन अधिकृत जयानन्द पनेरुका अनुसार उम्मेदवारी मनोनयनकै क्रममा उम्मेदवारले आफूले प्रयोग गर्ने सवारीको विवरण बुझाउनु पर्छ । ‘एउटा उम्मेदवारले दुई वटासम्म सवारीसाधन चुनावी प्रचारप्रसार प्रयोजना लागि प्रयोग गर्न पाउने व्यवस्था छ,’ मुख्य निर्वाचन अधिकृत पनेरुले भने, ‘तर कैलालीमा एक जना उम्मेदवारले पनि त्यस्तो विवरण बुझाएका छैनन्, यसले अनुगमन तथा सुरक्षा कार्यलाई समेत प्रभावित पर्नेछ ।’

सवारी साधनको विरवण नबुझाएर उम्मेदवारहरूले आचारसंहिता विपरित काम गरेको अनौपचारिक सेवा केन्द्र सन्सेकका सुदूरपश्चिम संयोजक खडकराज जोशी बताउँछन् । ‘उम्मेदवारले आफूले प्रयोग गर्ने सवारीको विवरण बुझाउँदा सुरक्षा निकायलाई पनि त्यसैअनुसार सुरक्षा व्यवस्था गर्न सजिलो हुन सक्छ,’ संयोजक जोशीले भने,  ‘त्यसैले सबै उम्मेदवारले इमान्दार भएर आफूले प्रयोग गर्ने सवारीको विवरण बुझाउनु पर्छ ।’ एउटा उम्मेदवारलाई दुई वटासम्म सवारीसाधन चुनावी प्रचारप्रसारका लागि प्रयोग गर्न पाइने व्यवस्था भए पनि यहाँका उम्मेदवारले भने त्योभन्दा धेरै सवारी प्रयोग गर्ने गरेको उनी बताउँछन् । तर, त्यसको अनुगमन नभएको संयोजक जोशीको आरोप छ ।

‘मतदातालाई प्रभावित पार्नेगरी ठूलो भीड देखाउन एउटै उम्मेदवारले दर्जनौं सवारीसाधन प्रयोग गरी चुनावलाई भड्किलो बनाइरहेका छन्,’ जोशीले भने, ‘यसले चुनावी खर्च पनि उच्च बनाइ रहेको छ, यसको सम्बन्धित पक्षबाट अनुगमन हुनु जरुरी छ ।’ उनले कैलालीमा अनुगमन गर्ने निकाय मौन बस्दा उम्मेदवारको मनोमानी बढेको बताए ।

जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले भने कर्मचारी अभावका कारण अनुगमन कमजोर भएको बताए । ‘हामीसँग कर्मचारी अभाव हुँदा उम्मेदवारको विवरण तयार पार्न पनि समस्या भइरहेको छ,’ कार्यालय प्रमुख भट्टले भने, ‘थप कर्मचारी माग गर्दा पाएका छैनौँ, कर्मचारी नपाउँदा अनुमगन प्रभावित बनेको छ ।’ कैलालीका सबै राजनीतिक दलले निर्वाचन आचारसंहिताको पालना गर्ने प्रतिबद्धता जनाएको बताउँदै उनले सबै राजनीतिक दलका प्रमुखलाई त्यस विषयमा पुनः झकझक्याइने उनले बताए ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ३ : ५९ बजे

चीनसँगको टिकटक सम्झौताका लागि निकै नजिक : अमेरिकी अर्थ प्रमुख

म्याड्रिड– अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार म्याड्रिडमा दुई पक्षबीच व्यापार

मेरो कर्म बिरामीको सेवा हो, राजनीतिमा संलग्न हुन्न : डा रुइत

काठमाडौं– वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतले राजनीतिमा प्रवेश गर्ने

आगजनी भएका संरचनाको दशैँअघि नै रङरोगन गरिने

काठमाडौं– सहरी विकासमन्त्री कुलमान घिसिङले आगजनीका कारण कुरूप देखिएका संरचनाको

रूपन्देही–३ मा हुने भनिएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचन रद्द

काठमाडौं– निर्वाचन आयोगले रूपन्देही–३ मा हुने भनिएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचन

शिवम् शिमेन्ट थाल्यो जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सरसफाइ

काठमाडौं– शिवम् सिमेन्टले जेन-जी आम्दोलन पश्चात काठमाडौंमा भएको आगजनी तथा