थप ५ जनामा कोरोना संक्रमण « Khabarhub

थप ५ जनामा कोरोना संक्रमण


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको १ हजार ६६ पिसिआर परीक्षणका क्रममा ४ जना र १ हजार १ सय ४८ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना पुष्टि भएको हो । 

शनिबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ११ हजार ९ सय ५१ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । 

त्यस्तै थप १७ जना कोरोना संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ६ सय २९ जना संक्रमणमुक्त भएका छन् । 

हाल नेपालमा २ सय ३० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ५ : ०७ बजे

भारत छाड्ने सरकारी आदेशविरुद्ध अदालत पुगे इमरान खान, ओसीआई कार्ड पनि रद्द हुन सक्ने

काठमाडौँ – बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खान

टाइगर श्राफमाथि गोली प्रहारपछि भाग्दै थिए नेपालतर्फ ? कोटा रेलवे स्टेसनबाट तीन जना पक्राउ

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि गोली प्रहार गरेको

नवरात्रको नवौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको नवौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

सुस्त सुरुवात, १० करोडको छलाङ, ‘पेन्सन पट्टा’ बन्यो वर्षकै दोस्रो ठूलो कमाइ गर्ने फिल्म

काठमाडौँ – दयाहाङ राई अभिनीत नेपाली फिल्म ‘पेन्सन पट्टा’ले बक्सअफिसमा १०

‘मासु खाँदा हड्डी अड्किए तुरुन्त अस्पताल जानुपर्छ’

काठमाडौँ-  दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा