झापाको कचनकवलमा कांग्रेस–एमाले गठबन्धन | Khabarhub Khabarhub

झापाको कचनकवलमा कांग्रेस–एमाले गठबन्धन


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापामा स्थानीय निर्वाचनका लागि केन्द्रीय सत्ता गठबन्धनभन्दा फरक फरक फरक गठबन्धन भएको छ । केन्द्रीय गठबन्धनअनुसार नेकपा एकीकृत समाजवादी र जनता समाजवादी गठबन्धनमा समेटिएर जान सकेनन् । तर, झापामा थरिथरि गठबन्धन पनि भएको छ ।

०७४ सालको स्थानीय तह निर्वाचनको मत परिणमअनुसार झापामा राप्रपा तेस्रो शक्ति हो । यो निर्वाचनमा झापामा कतै राप्रपा हराउन गठबन्धन भएको भने कतै राप्रपासँगै गठबन्धन भएको छ । झापाको कचनकवलमा राप्रपाविरुद्ध कांग्रेस–एमाले गठबन्धन भएको छ । जुन सत्ता गठबन्धनको केन्द्रीय निर्देशनविपरीत छ । कचनकवल राप्रपाको आधार राम्रो भएको गाउँपालिका हो । विगतको स्थानीय तह निर्वाचनमा राप्रपाबाट अध्यक्ष र उपाध्यक्ष नै निर्वाचित भएका थिए ।

यहाँ राप्रपाविरुद्ध कांग्रेस र एमालेले तालमेल गर्ने सहमति गरेका छन् । जसअनुसार एमालेले अध्यक्षमा कांग्रेसका उम्मेदवार कालेन्द्रप्रसादसिंह राजवंशी र उपप्रमुखमा कांग्रेसले एमालेका उपाध्यक्षका उम्मेदवार नवराज भट्टराईलाई सहयोग गर्नेछ । शुक्रबार एमालेका अध्यक्ष पदका उम्मेदवार दुर्गादेवी नेपालले र कांग्रेसकी सेलेतुन खातुनले उपाध्यक्षको उम्मेद्वारी फिर्ता लिएकी छिन् । ‘यहाँको परिस्थिति बेग्लै छ । केन्द्रमा भएको गठबन्धनअनुसार पनि गठबन्धन गर्न खोजिएको हो । तर, सकिएन । स्थानीयको माग बमोजिम कचनकवलमा एमालेसँग तालमेल भएको हो,’ कांग्रेस कचनकवलका सभापति तुलसीराम अधिकारीले बताए ।

कचनकवलमा अध्यक्ष र उपाध्यक्षमा मात्र तालमेल भएको छ । वडामा भने आफू–आफूबीच लड्ने सहमति भएको हो ।

यो गठबन्धन औपचारिक नभएको कांग्रेस झापाले जनाएको छ । कांग्रेस झापाका एक पदाधिकारीले नाम नखुलाउने सर्तमा तालमेल गर्ने कुनै कागजी प्रमाण नभएको बताए । ‘कागजी प्रमाण केही छैन । उम्मेदवारी फिर्ता लिएको हो । आफैँ बुझ्नुहोला,’ उनले भने ।

कचनकवलमा राप्रपाविरुद्ध एमालेसँग तालमेल गर्ने कांग्रेसले दमकमा भने एमालेविरुद्ध राप्रपासँग गठबन्धन गरेको छ । माओवादी केन्द्र, राप्रपा, कांग्रेससहित भएको यो गठबन्धनलाई ‘महागठबन्धन’को नाम दिइएको छ । ‘दमकको स्थानीय आवश्यकता हो । दमकमा एमालेले विकास निर्माणमा गरेको बेथिति अन्त्य गर्नका लागि दमकमा यो गठबन्धन आवश्यक भएको हो,’ नेकपा माओवादी केन्द्रका दमक अध्यक्ष रवि बस्नेतले भने ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ५ : ०५ बजे

तनहुँ कारागारबाट भागेका १०९ कैदीबन्दी पक्राउ

दमौली – तनहुँ कारागारबाट फरार भएकामध्ये १०९ जना कैदीबन्दी पक्राउ

दशैँ तिहार लक्षित सुपथ पसल सुरु (तस्बिरहरू)

काठमाडौं– सरकारले आजबाट चाडपर्व लक्षित दशैँ तिहार सहुलियत पसल सुरु

एमाले कार्यालय पुगेर शंकर पोखरेलले भने- सरकारलाई सघाउँछौँ, तोकिएकै समयमा निर्वाचन गराओस्

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेल गत सोमबार र मंगलबार

आगजनीबाट जोगियो स्वास्थ्य सेवा विभाग

काठमाडौं–  ‘जेनजी पुस्ता’को प्रदर्शनमा देशभर कैयौँ कार्यालय आगजनीबाट ध्वस्त भए

कुलमानले भने ः तलब-भत्ता सहिदको कोषलाई दिन्छु 

काठमाडौं – नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले तलब, भत्ता र सुविधाबापत