पाकिस्तानमा अज्ञात बन्दुकधारीद्वारा प्रहरी अधिकारीको हत्या « Khabarhub

पाकिस्तानमा अज्ञात बन्दुकधारीद्वारा प्रहरी अधिकारीको हत्या


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा अज्ञात बन्दुकधारीले प्रहरी अधिकारीको हत्या गरेका छन् । पाकिस्तानको दक्षिणी वजिरिस्तान जिल्लाको प्रशासनिक केन्द्र वाना शहरमा प्रहरी उपरीक्षकको हत्या भएको हो ।

हत्या भएका प्रहरी उपरीक्षकको नाम अस्लम जावेद रहेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ । अखबारका अनुसार रमाजानको ब्रत तोडेपछि बाटोमा हिँड्दै गर्दा उनीमाथि अज्ञात बन्दुकधारीले गोली प्रहार गरेका थिए ।

नम्बर प्लेट बिनाको कारमा आएका बन्दुधकारीहरुले उनलाई शहरको पिर सुल्तान मस्जिदनजिकै गोली हानेको जनाइएको छ । घटनास्थलमै उनको मृत्यु भएको डनले जनाएको छ ।

चिकित्सकहरुका अनुसार उनको टाउकोमा दुई गोली लागेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पाकिस्तानमा पछिल्लो समय हिंसात्मक घटना बढ्दै गइरहेको बताइन्छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ५ : ०५ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी