हेटौंडा उपमहानगरको चुनावी मैदानमा ३८८ उम्मेदवार « Khabarhub

हेटौंडा उपमहानगरको चुनावी मैदानमा ३८८ उम्मेदवार


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– स्थानीय तह निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिकामा तीन सय ८८ जनाले चुनावी प्रतिस्पर्धामा भाग लिएका छन् ।

उपमहानगरपालिकाको मेयर, उपमेयर र १९ वडाको अध्यक्ष, वडा सदस्य गरी ९७ पदका लागि तीन सय ८८ जना मैदानमा उत्रिनेछन् ।

यसअघि हेटौंडामा जम्मा चार सय ३७ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए । त्यसमध्ये शनिवारसम्ममा ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । हेटौंडाको मेयर पदका लागि २१ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए तर तीन जनाले मनोनयन फिर्ता लिएपछि चुनावी मैदानमा १८ जना उम्मेदवार बाँकी छन् । यसैगरी उपमेयरका लागि ११ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए । दुई जनाले उम्मेदवारी फिर्ता लिएपछि उपमेयर पदका लागि नौ जना मैदानमा रहनेछन् ।

यस्तै, १९ वटा वडा अध्यक्षका लागि ९३ जना रहेका छन् । एक सय ११ जनाले उम्मेदवारी मनोनयनय गराए पनि १८ जनाले उम्मेदवारी फिर्ता लिएपछि १९ वडा अध्यक्ष पदका लागि ९३ जनाले सहभागिता जनाउने छन् ।

महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्य पदका लागि दुई सय ६८ जनाको उम्मेदवारी परेको छ । १९ वटा वडाको ७६ सदस्य पदका लागि दुई सय ९४ जनाले उम्मेदवारी दिएका थिए भने २६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

हेटौंडाको मेयर पदका लागि गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका मीनाकुमारी लामा, नेकपा एमालेका अनन्त पौडेल, नेपाल कम्युनिस्ट पार्टी मालेबाट केशव घर्ती, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दीपकबहादुर सिंह, नेपाल मजदुर किसान पार्टीबाट रमेशमान सिंह, उन्नत लोकतन्त्र पार्टीबाट अयोध्याकुमार भट्टराई, सचेत नेपाली पार्टीबाट रामप्रसाद गौतम, नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट रोमनाथ भुर्तेल, मौलिक जरोकिलो पार्टीबाट सिर्जना बर्तौला र लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्जिव खराल रहेका छन् ।

स्वतन्त्रबाट कविराज पाठक, पुरुषोत्तम रुपाखेती, उत्तमकुमार दुलाल, लिलाकुमारी आचार्य, देवराज पौडेल, सञ्जय खरेल, विश्वनाथ पाण्डे र प्रदीप ढकालले निर्वाचनमा सहभागिता जनाउने छन् ।

सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेसका राजेश बानियाँ, नेकपा एमालेका सुमित्रा काफ्ले, मौलिक जरोकिलो पार्टीबाट सुनिल घिमिरे, जनजागरण पार्टी नेपालबाट शिवकुमारी पाठक, नेकपा मालेबाट अम्बिका लामिछाने, राप्रपाबाट इन्दिरा न्यौपाने र लोकतान्त्रिक समाजवादी पार्टीबाट नानीमाया श्रेष्ठले, स्वतन्त्र तर्फबाट सुरज पाण्डे र ध्रुवप्रसाद दाहालले उपमेयर पदका लागि मैदानमा उत्रिने छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ५ : २४ बजे

सुस्त सुरुवात, १० करोडको छलाङ, ‘पेन्सन पट्टा’ बन्यो वर्षकै दोस्रो ठूलो कमाइ गर्ने फिल्म

काठमाडौँ – दयाहाङ राई अभिनीत नेपाली फिल्म ‘पेन्सन पट्टा’ले बक्सअफिसमा १०

‘मासु खाँदा हड्डी अड्किए तुरुन्त अस्पताल जानुपर्छ’

काठमाडौँ-  दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा

टाइगर श्राफमाथि गोली प्रहारको जिम्मा अनिल पण्डितले लिए, सलमानलाई पनि धम्की

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा भएको गोली प्रहारको

काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ– सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज

१६ वर्ष पुरानो मुद्दामा राखी सावन्तविरुद्ध गैरजमानती वारेन्ट, पक्राउ गर्न अदालतको आदेश

काठमाडौँ – बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध भारतको झाँसीस्थित अदालतले गैरजमानती