जुम्लामा माओवादीको घोषणा पत्र : युवायुवतीलाई रोजगारको ग्यारेन्टी « Khabarhub

जुम्लामा माओवादीको घोषणा पत्र : युवायुवतीलाई रोजगारको ग्यारेन्टी


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– नेकपा माओवादी केन्द्र जुम्लाले घोषणा पत्र सार्वजनिक गरेको छ ।

 उक्त घोषणा पत्रमा युवा र युवतिलाई विकास निर्माण र सामाजिक कार्यमा लगाइने उल्लेख गरिएको छ । नेकपा माओवादी केन्द्रले विगत वर्षदेखि विकास निर्माणमा खर्च गरिने सम्पूर्ण रकम रोजगारका लागि खर्च गरिने प्रतिबद्धता जनाएको हो ।

नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य गजेन्द्रबहादुर महतले भने,’सबै स्थानीय तहमा रहेका बेरोजगार युवा युवतीलाई रोजगारको ग्यारेन्टी गरिने छ । हाल विकास निर्माणसँग रोजगारलाई जोडिने नीति लिइरहेको अवस्थामा आगामी दिनमा रोजगारसँग विकास निर्माण जोडिने नीति लिइने छ ।’


रोजगारी दिइएका सम्पूर्ण युवा युवतीलाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, वन क्षेत्र, वातावरण सरसफाइ सबै स्थानीय तह र नागरिकको सुरक्षाका साथै सामाजिक कार्यमा लगाइने छ । 

वडा सदस्यदेखि गाउँपालिका नगरपालिका अध्यक्षसम्म र रोजगारी दिइएका सम्पूर्ण जनशक्तिको तलब भत्ता समान रहने छ । रोजगारी दिइएका व्यक्तिको क्षमता अनुसार कामको जिम्मा दिइने उक्त घोषणा पत्रमा उल्लेख गरिएको छ । गाउँपालिका नगरपालिकाका अति आवश्यक रहेका ठूला निर्माणका कामहरूको लागी प्रदेश र संघीय सरकार को सहयोग लिइने बताइएको छ ।

रोजगारीमा २० वर्षदेखि ६० वर्षभित्र रहने

रोजगारीमा खटिने व्यक्तिको उमेरको हकमा २० वर्षदेखि ६० वर्षभित्र रहने छ । विभिन्न शीर्षकमा जीवन निर्वाह भत्ता लिइरहेका व्यक्तिको हकमा उनीहरूलाई रोजगारी वा जीवननिर्वाह भत्ता मध्य एउटा रोज्न दिइने छ ।

व्यक्तिको क्षमता अनुसार काम दिइने

नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य महतले रोजगारीको समय अवधि एक वर्षको हुने बताए । रोजगारी दिइएका व्यक्तिलाई क्षमता अनुसार काम दिइए पनि विशिष्ट अवस्थामा सबै प्रकारका काम गर्नुपर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । रोजगारीका लागि पहिलो प्राथमिकता नगरपालिका गाउँपालिका भित्रका रोजगार नपाएका सबै घरपरिवारलाई हुने छ ।

माओवादी केन्द्रका उम्मेदवारको प्रतिबद्धता पत्र

विजयी भएको नगरपालिका गाउँपालिका वडामा पहिलो वर्षबाट नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दाको मितिबाटै पार्टीको घोषणा पत्रलाई आत्मसात् गर्दै जिल्लामा रहेका जिम्मेवार नेता कार्यकर्ताको उपस्थितिमा घोषणा पत्रलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

Avatar

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ७ : ०८ बजे

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ