खानेकुराको मूल्य घटाउने पाकिस्तानी प्रधानमन्त्रीको प्रतिबद्धता « Khabarhub

खानेकुराको मूल्य घटाउने पाकिस्तानी प्रधानमन्त्रीको प्रतिबद्धता


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले खैबर पख्तुनख्वाका मुख्यमन्त्री महमुद खानलाई खाद्यान्नको उपलब्धतालाई सामान्य र सुलभ बनाउन निर्देशन दिएका छन् ।

चुनाबी सभालाई सम्बोधन गर्दै उनले राज्य सरकारले आगामी २४ घण्टाभित्र प्रति १० किलोग्राम गहुँको पीठोको मूल्य ४०० रुपैयाँ बनाउन नसकेमा यसका लागि आफूले पहल थाल्ने बताएका छन् ।

आइतबार थाकारा रङ्गशालामा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘म यो प्रतिवद्धता व्यक्त गर्दछु कि यदि राज्य सरकारले खाद्यान्नलाई सुलभ तथा सस्तो बनाउन नसकेमा यसका लागि आफैँले पहल थाल्ने र जनतालाई आफ्नो निजी स्रोत र साधन बेचेर भएपनि आधारभूत खाद्यान्नलाई सस्तोमा उपलब्ध गराइनेछ ।’

पूर्वप्रधानमन्त्री इमरान खानलाई लक्षित गर्दै उनले मुलुकलाई सबैभन्दा बढी मुद्रास्फीति र बेरोजगारीको उपहार दिएको आरोप लगाए ।

प्रधानमन्त्री शहबाजले इमरान खानको नेतृत्वमा भएको सरकारको आलोचना गर्दै खानले गरिबका लागि ५० लाख घर र १० लाख रोजगार प्रदान गर्ने प्रतिज्ञा गरे तापनि यसमा असफल भएको र देशलाई आर्थिक सङ्कटमा धकेलको आरोप लगाए ।

पाकिस्तानी अङ्ग्रेजी पत्रिका डनले प्रधानमन्त्री शहबाजलाई उद्धृत गर्दै लेखेको छ, ‘म पाकिस्तानलाई समृद्धि र विकासको बाटोमा डोर्‍याउनका लागि आफ्नो जीवनको कुनै परवाह नगर्ने तपाईंहरूसामु गम्भीरतापूर्वक घोषणा गर्दछु ।’

बालोचिस्तान को चुनावी अभियानलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नागरिकहरूलाई आफूमाथिको भरोसा गर्दै आफ्नो दलको पक्षमा मतदान गर्न आग्रह गरे ।

उनले प्रजातन्त्र, कानुनी, असल शासनको लागि ३० देखि ३५ प्रतिशत नागरिकले आफ्नो दलको समर्थनमा मतदान गर्ने विश्वास व्यक्त गरे । उक्त अवसरमा चुनावी र्‍यालीमा उनले आफ्ना पिता महम्मद सरिफ र दाजु तथा पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) पार्टीका पूर्व अध्यक्षले राष्ट्र र राष्ट्रियताका लागि गरेको योगदानसमेतको चर्चा गरेका थिए ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ५ : १० बजे

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को