रुसविरुद्ध युरोपमा नेटो सेना बलियो पार्ने बाइडेनको घोषणा  | Khabarhub Khabarhub

रुसविरुद्ध युरोपमा नेटो सेना बलियो पार्ने बाइडेनको घोषणा 


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति जो बाइडेनले युरोपमा नेटो सेनालाई सुदृढीकरण गर्ने घोषणा गरेका छन् । नेटो सैन्य गठबन्धनलाई पहिलेको भन्दा आज बढी आवश्यक भएको पनि उनले बताएका छन् ।

म्याड्रिडमा आयोजना भइरहेको ट्रान्सएट्लान्टिक गठबन्धनको शिखर सम्मेलनमा उनले भने, ‘नेटोलाई प्रत्येक क्षेत्र-जमिन, वायु र समुद्रमा सबै दिशामा बलियो बनाइनेछ । ’

स्पेनमा अमेरिकी नौसैनिक डेस्ट्रोअरलाई चारबाट ६ पुर्‍याउने उनले बताएका छन् । त्यस्तै, पाँचौँ आर्मी कोरको स्थायी मुख्यालय पोल्याण्डमा खोल्ने र रोमानियामा ‘एडिसनल रोटसेनल ब्रिगेड’ स्थापना गर्ने उनले जानकारी दिए । अमेरिकाले जर्मनी र इटालीमा अतिरिक्त वायु रक्षा र अन्य क्षमता विस्तार गर्ने भएको छ ।

 

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ७ : ५१ बजे

बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बारा – बारामा बाघको आक्रमणमा परी कृष्णप्रसाद शर्माको मृत्यु भएको

एमाले महाधिवेशन तयारी तीव्र पार्न महासचिवको पोखरेलको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले दोस्रो

सिन्दुर खेलेर हर्षोल्लासका साथ सम्पन्न गरियो गणेश जात्रा

भक्तपुर – उपत्यकाका चार विनायक गणेशमध्येको सूर्यविनायक गणेश मन्दिरको मुख्यद्वारको

रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँडे पक्राउ

काठमाडौं – राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई प्रहरीले नियन्त्रणमा

अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला – सडक भासिएपछि अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी रूपमा