एथलेटिक्सका रेफ्री र निर्णायकको ‘सेमिनार’ सुरु « Khabarhub

एथलेटिक्सका रेफ्री र निर्णायकको ‘सेमिनार’ सुरु


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेशका एथलेटिक्स खेल लक्षित रेफ्री र निर्णायकहरू पोखरामा जम्मा भएका छन् ।

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा ‘सेमिनार’ सुरु भएको हो । प्रदेशमा आयोजना हुने एथलेटिक्सका खेलकुद प्रतियोगिताहरूलाई विवादरहित, ठोस र प्रभावकारी निर्णय दिन सक्ने निर्णायक उत्पादन दिने उद्देश्यका साथ उक्त कार्यक्रम गरिएको हो ।

तीन दिन सम्म सञ्चालन हुने उक्त प्रशिक्षणमा राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य खड्ग बहादुर रानाभाटले निर्णायकहरूमा समर्पण र अनुशासन हुनुपर्ने बताए ।
प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज बहादुर गुरुङले प्रदेशमा एथलेटिक्स खेलका गतिविधिहरू बढेसँगै सक्षम निर्णायकहरूको आवश्यकता बढेकोले कार्यक्रम आयोजना गरिएको बताए ।

सेमिनारमा एथलेटिक्सका विज्ञ सुशील नरसिंह राणाले सहजीकरण गरेका छन् । कार्यक्रममा २५ जनाको सहभागिता रहेको छ ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ८ : २२ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी