महाराष्ट्रका मुख्यमन्त्री ठाकरेद्वारा राजीनामा « Khabarhub

महाराष्ट्रका मुख्यमन्त्री ठाकरेद्वारा राजीनामा


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन्। सर्वोच्च अदालतले बहुमत परीक्षणका लागि आदेश दिए पछि उनले राजीनामा दिएका हुन्।

‘म शिवसैनिकहरुको रगत बगोस् भन्ने चाहन्न। त्यसैले महाराष्ट्रको मुख्यमन्त्री पद त्याग्दै छु। ठाकरेले सामाजिक सन्जालमा लाइभ भिडियोमार्फत् भनेका छन्, ‘पद त्याग गर्दा मलाई कुनै दुःख लागेको छैन।’ ठाकरे त्यसलगत्तै राज्यपाल भगतसिंह कोसियारीलाई राजीनामा बुझाउन गएका थिए।

शिवसेनाका विद्रोही नेता एकनाथ शिन्देसमक्ष बहमुत सदस्य रहेको बताइन्छ । त्यसैले उनले विधानसभामा बहुमत देखाउनुको साटो राजीनामाको बाटो रोजेका हुन् । महाराष्ट्रका राज्यपाल कोसियारीले बहुमत परीक्षण गर्न भन्दै आज ११ बजे विधानसभाको विशेष अधिवेशन आह्वान गरेका थिए।

अब महाराष्ट्रमा एकनाथ शिन्देसमेतको समर्थनमा भाजपा नेता देवेन्द्र फडणवीस मुख्यमन्त्री बन्ने चर्चा छ ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ९ : २५ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र