महाराष्ट्रका मुख्यमन्त्री ठाकरेद्वारा राजीनामा « Khabarhub

महाराष्ट्रका मुख्यमन्त्री ठाकरेद्वारा राजीनामा


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन्। सर्वोच्च अदालतले बहुमत परीक्षणका लागि आदेश दिए पछि उनले राजीनामा दिएका हुन्।

‘म शिवसैनिकहरुको रगत बगोस् भन्ने चाहन्न। त्यसैले महाराष्ट्रको मुख्यमन्त्री पद त्याग्दै छु। ठाकरेले सामाजिक सन्जालमा लाइभ भिडियोमार्फत् भनेका छन्, ‘पद त्याग गर्दा मलाई कुनै दुःख लागेको छैन।’ ठाकरे त्यसलगत्तै राज्यपाल भगतसिंह कोसियारीलाई राजीनामा बुझाउन गएका थिए।

शिवसेनाका विद्रोही नेता एकनाथ शिन्देसमक्ष बहमुत सदस्य रहेको बताइन्छ । त्यसैले उनले विधानसभामा बहुमत देखाउनुको साटो राजीनामाको बाटो रोजेका हुन् । महाराष्ट्रका राज्यपाल कोसियारीले बहुमत परीक्षण गर्न भन्दै आज ११ बजे विधानसभाको विशेष अधिवेशन आह्वान गरेका थिए।

अब महाराष्ट्रमा एकनाथ शिन्देसमेतको समर्थनमा भाजपा नेता देवेन्द्र फडणवीस मुख्यमन्त्री बन्ने चर्चा छ ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ९ : २५ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल