विषालु च्याउ खाँदा १५ जना बिरामी « Khabarhub

विषालु च्याउ खाँदा १५ जना बिरामी


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रूपन्देही– विषालु च्याउको सेवनबाट बुटवलमा १५ जना बिरामी परेका छन् । विषालु च्याउ खाँदा बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँका छ, वडा नं ४ लक्ष्मीनगरका सात र  वडा नं १३  बेलबासका दुई जना बिरामी भएका हुन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीका अनुसार जङ्गलबाट ल्याएको च्याउ खाँदा बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँका २८ वर्षीया रिना बिक, २८ वर्षीया कमला बिक, आठ वर्षीया सुप्रिया बिक, ३८ वर्षीय विष्णु बिक, ३३ वर्षीया दुर्गा बिक र ५० वर्षीय हुमबहादुर बिक बिरामी भएका छन् ।

यसैगरी बुटबल–४ लक्ष्मीनगर बस्ने ६२ वर्षीया हिमाकुमारी छन्त्याल, वर्ष ६२ कै गौरीमाया सेन, ६५ वर्षीया दीपा सेन,  १४ वर्षीय यथार्थ जिसी,  ४२  वर्षीया मञ्जु सेन, ६४ वर्षका हरि सेन र ३७ वर्षका प्रकाश सेन बिरामी भएका छन् ।

यसैगरी बेलबास शान्ति चोकका ४५ वर्षीया पेमा थापा, ४३ वर्षीया सुशीला रोका, २८ वर्षीया रिमा बिक, २८ वर्षीया कमला बिक, आठ वर्षकी सुप्रिया बिक, ३८ वर्षीय विष्णु बिक र ३३ वर्षीया दुर्गा बिक, ५० वर्षीय हुमबहादुर बिक बिरामी भएको प्रहरीले जनाएको छ ।

बिरामीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरूमध्ये पाँच जनाको आइसीयूमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख  केसीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  १२ : २३ बजे

पृथ्वी राजमार्ग खुलाउन सेनाद्वारा धमाधम ब्लास्टिङ (तस्बिरहरू)

धादिङ– रसुवा बाढीका कारण त्रिशूली नदीले सडक कटान गर्दा भासिएको

 भोटेकोशी बाढी : अठार विद्यालयमा क्षति

काठमाडौं– भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित

प्रधान सेनापति सिग्देल चीनतिर, बेइजिङ सियाङसान फोरममा सहभागी हुने

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमणका लागि आइतबार

बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु–  जिल्लाको कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासि आएको

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४