प्रधानसेनापतिद्वारा अमेरिकाको नेसनल युनिभर्सिटीको अवलोकन « Khabarhub

प्रधानसेनापतिद्वारा अमेरिकाको नेसनल युनिभर्सिटीको अवलोकन


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले वासिङ्टन डिसीस्थित नेसनल डिफेन्स युनिभर्सिटीको अवलोकन गरेका छन् ।

स्थानीय समय अनुसार उनले बुधबार उक्त युनिभर्सिटीको अवलोकन गरेका हुन् ।

युनिभर्सिटीको भ्रमणको क्रममा प्रधानसेनापति शर्माले नेसनल वार कलेजका कमाण्डाण्ट जेफ हर्लबर्टसँग भेटवार्ता गरेका थिए ।

वासिङ्टनमा उनले एनडब्लुसी, नियर इस्ट साउथ एसिया सेन्टर फर स्ट्राटेजिक स्टडीज् लगायतकाक विभिन्न निकायका पदाधिकारीहरुसँग समेत भेटवार्ता गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उनले भेटघाटमा त्यहाँको शैक्षिक गतिविधि, तालिम लगायत विविध पक्षका बारेमा जानकारी लिएका थिए ।

भ्रमणकै दौरान प्रधानसेनापति शर्माले युनाइटेड स्टेट आर्मी वार कलेज (एडब्लुसी) र युनाइटेड स्टेट आर्मी हेरिटेज एण्ड एजुकेसन सेन्टरको समेत अवलोकन गरेका थिए ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  १२ : २२ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र