मलेसियामा रहेको एनआरटीले आज कारो एफसीसँग भिड्दै « Khabarhub

मलेसियामा रहेको एनआरटीले आज कारो एफसीसँग भिड्दै


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ‘प्रि-सिजन’ तयारीका लागि मलेसिया र थाइल्यान्ड भ्रमणमा रहेको न्युरोड टिम एनआरटी क्लबले इन्डोनेसियाको कारो युनाइटेड एफसीसँग प्रतिस्पर्धा गर्दै छ ।

मलेसियाको पिनाङ एफसीको मैदानमा हुने खेल नेपाल समयअनुसार बिहीबार साँझ पौने सात बजे सुरु हुनेछ । एनआरटीको कप्तान डिफेन्डर रन्जित धिमालले गर्नेछन् ।

मलेसियामा जारी टीवईटी कप–२०२२ प्रतियोगितामा एनआरटीको पहिलो खेल हो । प्रतियोगितामा भने यो दोस्रो खेल हो। उद्घाटन खेलमा घरेलु टोली पेनाङ र कारो युनाइटेड एफसीले १–१ गोलको बराबरी खेलेका छन् । तीन टोली सहभागी प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

प्रतियोगितामा सहभागी हुन मछिन्द्रको ५ विदेशी खेलाडीसहित ३० सदस्यीय टोली मलेसियामा रहेको छ। यसपछि टिमले थाइल्यान्ड भ्रमणमा रहनेछ । जहाँ टिमले दुई खेल खेल्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  १२ : ४५ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि