मलेसियामा रहेको एनआरटीले आज कारो एफसीसँग भिड्दै « Khabarhub

मलेसियामा रहेको एनआरटीले आज कारो एफसीसँग भिड्दै


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ‘प्रि-सिजन’ तयारीका लागि मलेसिया र थाइल्यान्ड भ्रमणमा रहेको न्युरोड टिम एनआरटी क्लबले इन्डोनेसियाको कारो युनाइटेड एफसीसँग प्रतिस्पर्धा गर्दै छ ।

मलेसियाको पिनाङ एफसीको मैदानमा हुने खेल नेपाल समयअनुसार बिहीबार साँझ पौने सात बजे सुरु हुनेछ । एनआरटीको कप्तान डिफेन्डर रन्जित धिमालले गर्नेछन् ।

मलेसियामा जारी टीवईटी कप–२०२२ प्रतियोगितामा एनआरटीको पहिलो खेल हो । प्रतियोगितामा भने यो दोस्रो खेल हो। उद्घाटन खेलमा घरेलु टोली पेनाङ र कारो युनाइटेड एफसीले १–१ गोलको बराबरी खेलेका छन् । तीन टोली सहभागी प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

प्रतियोगितामा सहभागी हुन मछिन्द्रको ५ विदेशी खेलाडीसहित ३० सदस्यीय टोली मलेसियामा रहेको छ। यसपछि टिमले थाइल्यान्ड भ्रमणमा रहनेछ । जहाँ टिमले दुई खेल खेल्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  १२ : ४५ बजे

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको