डोल्पामा विद्युत् पुर्‍याउन बोलपत्र आह्वान | Khabarhub Khabarhub

डोल्पामा विद्युत् पुर्‍याउन बोलपत्र आह्वान


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– डोल्पामा ३३ केभी प्रसारण लाइन विद्युत् पुर्‍याउनका लागि तीन ठाउँबाट काम सुरुआत भएको छ । यही असार मसान्तसम्म त्रिपुराकोटस्थित सबस्टेशनमा विद्युत् पुर्‍याएर अन्य पालिकामा विद्युत् वितरणको कामलाई तीव्रता दिन काम भइरहेको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशले जानकारी दिएको छ । रुकुमपश्चिमको गोतामकोट, जाजरकोट, रुकुम र डोल्पाको सिमाना त्रिवेणी र मध्य डोल्पाको त्रिपुराकोटबाट एक साथ प्रसारण लाइनको काम चलिरहेको छ ।

डोल्पामा तत्काल विद्युत् पुर्‍याउनका लागि प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । बुधबार मात्र विद्युत् प्राधिकरण प्रदेशीका कार्यालयले ठूलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका र मुड्केचुला गाउँपालिका, जगदुल्ला गाउँपालिका र काइके गाउँपालिकामा त्रिपुराकोटस्थित सबस्टेशनबाट विद्युत् लिनका लागि बोलपत्र आह्वान गरेको छ ।

त्रिपुरोकोट सबस्टेशनमा विद्युत् पुग्नेबित्तिकै पालिकामा विद्युत् पुर्‍याउने भन्दै बोलपत्र आह्वान गरी कामलाई गति दिइएको हो । दुई वर्षदेखि डोल्पामा विद्युत् पुर्‍याउने जनाउँदै ठेक्का लागे पनि काममा भएको ढिलासुस्तीका कारण समयमा काम हुनसकेको थिएन । डोल्पा सदरमुकाममा भरपर्दो विद्युत् नहुँदा त्यहाँका कार्यालयमा काम गर्न समस्या हुँदै आएको जनाइएको छ । 

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  १ : ११ बजे

रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिष्कार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले बिहीबार

एमसीए–नेपालअन्तर्गत विद्युत् प्रसारणलाइन निर्माणमा सम्झौता

काठमाडौं– मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले नेपाल र संयुक्त राज्य

प्रधानमन्त्री ओली नौ महिनामा दोस्रो पटक चीन जाँदै, सी र मोदी दुवैसँग हुनेछ भेट

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नौ महिनामा दोस्रो पटक उत्तरी

लक्ष्मी सनराइजको खुद नाफा ४ अर्ब ११ करोड

काठमाडौं– लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक २०८१/८२ को वित्तीय

नवलपुरमा करिब दुई सय नयाँ उद्योग दर्ता

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा करिब २०० नयाँ उद्योग दर्ता भएका छन्