मार्कोस जुनियरद्वारा फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ « Khabarhub

मार्कोस जुनियरद्वारा फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला शहरमा हजारौं मानिसहरूकाबीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । मार्कोस जुनियरले मनिलाको राष्ट्रिय सङ्ग्रहालयमा सयौँ स्वदेशी तथा विदेशी प्रतिष्ठित व्यक्तिहरू पत्रकारहरूको उपस्थितिमा एक विशाल भेलामा शपथ लिएका हुन् । बोङ्बोङ भनेर चिनिने उनी पूर्व राष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा हुन् । मार्कोसले फिलिपिन्समा दुई दशक शासन गरेका थिए। मार्कोसले वर्तमान उपराष्ट्रपति मारिया लियोनोर रोब्रेडोलाई निर्वाचनमा पराजित गरेका थिए ।

घातक लागूऔषध युद्धमा संलग्न रोड्रिगो डुटेर्तेको उत्तराधिकारी फर्डिनान्ड रोमुआल्डेज मार्कोसले छ वर्षको कार्यकालपछि जुनमा राजीनामा दिएको अल जजीराले उल्लेख गरेको छ। चिनियाँ उपराष्ट्रपति वाङ किसान र संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति कमला ह्यारिसका श्रीमान् डग एमहोफ लगायतका विदेशी व्यक्तित्वहरूले शपथ ग्रहण समारोहमा उपस्थिति जनाएका थिए ।

 परिवार र थुप्रै समर्थकहरूको समर्थनमा मार्कोस जुनियर जो एक पूर्व सिनेटर र काङ्ग्रेसका प्रतिनिधि हुन् उनले ‘ूएक साथ हामी फेरि उठ्नेछौं’ भन्ने नारामा अभियान पनि चलाएका थिए । यसैबीच, सम्भावित विरोधका गतिविधिलाई दृष्टिगत गर्दै १५,००० भन्दा बढी प्रहरी सैनिकहरू र तट रक्षकहरू राजधानी भर सुरक्षाका लागि तैनाथ गरिएका थिए ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  २ : ०३ बजे

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि