मनसुनजन्य विपद्को जोखिममा सुर्खेत उपत्यका « Khabarhub

मनसुनजन्य विपद्को जोखिममा सुर्खेत उपत्यका


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– सुर्खेत उपत्यका मनसुनजन्य विपद्को उच्च जोखिम रहेको पाइएको छ । गुरुयोजनाविपरीत जोखिमयुक्त स्थानमा धमाधम भौतिक संरचना निर्माण गरिनु र खोला–नालाको बढ्दो अतिक्रमणका कारण विपद्को जोखिम बढेको हो ।

अव्यवस्थित ढल व्यवस्थापन तथा उपत्यकाको पानीको निकास साँघुरो हुँदा सामान्य वर्षामा समेत दक्षिणी भूभाग डुबानमा पर्ने गरेको छ । इत्राम, नेवारे, खोर्केखोला उपत्यकाका मुख्य खोला हुन् । यहाँ खोलानाला च्यापेर थुप्रै घर निर्माण गर्ने गरिएको छ । जसले गर्दा खोला क्षेत्र साँघुरिन गई डुबानको जोखिम बढ्दै गएको छ । ‘माथिल्लो खण्डमा अपवादबाहेक २०–२५ मिटर खोला चौडा छन् । तलतिर गएपछि साँघुरो हुँदै नालामा परिणत हुन पुगेका छन्, वीरेन्द्रनगर–९ का स्थानीय प्रचण्ड पोखरलेले भने, ‘डुबानको खतरा निम्त्याउने मुख्य कारण नै यही हो ।’ नगरपालिकाले नगर गुरुयोजनाको कडाइका साथ कार्यान्वयन गर्नुपर्ने स्थानीयवासी बताउँछन् ।

वीरेन्द्रनगर नगरपालिका वडा नं ३ मा मात्रै ५०० घरधुरी डुबान, बाढी र कटानको उच्च जोखिममा छन् । वडाध्यक्ष विनोदसिंह विष्टले खोला किनारमा बनेका अधिकांश घर विपद्को जोखिम रहेको बताए । ‘चाइना पुलबाट उत्तर र दक्षिण क्षेत्रमा खोला छेउमै बनाइएका घर जोखिममा छन्, खोला क्षेत्र ओगटेर संरचना बनाउने क्रम रोकिएको छैन’, उनले भने, ‘निर्माण मापदण्डअनुसार २० मिटर जग्गा खोलालाई छाड्नुपर्ने हुन्छ, तर त्यसको पालना हुनसकेको छैन ।’ वडाध्यक्ष विष्टले घर निर्माणको स्वीकृति दिँदा वडा कार्यालयसँग समन्वय गर्न आग्रह गरेको बताए । आफूले यसबारे कार्यपालिका बैठकमा कुरा उठाएको उनको भनाइ छ ।

उपत्यकाबाट पानी बाहिरिने द्वार निकास खोला निकै साँघुरो छ । उक्त ठाउँमा व्यवस्थित तटबन्धन नहुँदा आसपासका बासिन्दा बर्सेनि डुबान र कटानको जोखिममा छन् । दुई वर्षअघिदेखि थालिएको निकास खोला तटबन्धन निर्माणको काम अझै पूरा भएको छैन । हालसम्म ५०० मिटरमा मात्रै तटबन्धनको काम भएको बताइएको छ । वीरेन्द्रनगरका नगर उपप्रमुख नीलकण्ठ खनालले खोला क्षेत्रको संरक्षण गर्नका लागि निगरानी बढाइएको बताए । साथै उनले विपद् जोखिम न्यूनीकरणका लागि दीर्घकालीन कार्ययोजनाअनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइएको बताए ।

विसं २०७१ साउन २८ र २९ गते भीषण वर्षा हुँदा बाढी, पहिरो, डुबानका कारण सुर्खेतमा मात्रै १२५ जनाले ज्यान गुमाएका थिए । सुर्खेत चुरे र महाभारत शृङ्खलाको बीचमा अवस्थित कमजोर धरातलबाट बनेको जिल्ला भएकाले यो मनसुनजन्य विपद्को उच्च जोखिममा पर्दछ । यहाँको करिब ४३ प्रतिशत भूभाग महाभारत शृङ्खलाले ओगटेको छ ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ४ : २९ बजे

बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु–  जिल्लाको कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासि आएको

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक