विश्व इतिहासमा आज : रुवान्डा-कंगो युद्ध अन्त्यदेखि भानूआतु स्वतन्त्रसम्म  « Khabarhub

विश्व इतिहासमा आज : रुवान्डा-कंगो युद्ध अन्त्यदेखि भानूआतु स्वतन्त्रसम्म 


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

आज २०७९ साल साउन १४ गते शनिबार । सन् २०२२ को जुलाई ३० तारिख । यस्ता छन् आजको दिन इतिहासमा भएका केही मुख्य घटनाक्रम :

सन् २००३ जुलाई ३० मा मेक्सिकोको एसेम्ब्ली लाईनबाट अनौठो आकारको अन्तिम ‘ओल्ड स्टाइल’ भोक्सवागन बीटल्स गाडी जडान भएको थियो।

सन् २००२ जुलाई ३० मा रुवाण्डा र प्रजातान्त्रिक गणतन्त्र कंगोबीच ४ वर्ष लामो युलामो युद्ध अन्त्य गर्ने सम्झौता भएको थियो । सो सम्झौताअन्तर्गत रुवाण्डाले कंगोको पूर्वी क्षेत्रमा भएको सेनालाई तीन महिनाभित्र फिर्ता बोलाएर सम्झौता गरी दोस्रो कंगो युद्धमा पूर्णविराम लगाइएको थियो ।

सन् १९९० जुलाई ३० मा बेसबलका कमिस्नर फे भिन्सेटले जर्ज स्टेनब्रेनरलाई न्यूयोर्क यान्कीजका प्रमुख साझेदारबाट राजीनामा दिन दबाब दिएका थिए।

सन् १९८८ जुलाई ३० मा राजा हुसेनले जोर्डनको संसद विघटन गरे । साथै हुसेनले जोर्डनको वेस्ट बैंक प्यालेस्टाइन लिब्रेसन अर्गनाइजेसनलाई आन्त्मसमर्पण गरे ।

सन् १९८० जुलाई ३० मा इजरायली नेसेटले जेरुशलेम कानुन पारिद गरिएको थियो । साथै इजरायलको आधारभूत कानुन बनाइएको थियो । सो कानुनले जेरुशलेमलाई इजरायलको एकीकृत राजधानी घोषणा गरिएको थियो ।

सन् १९८० जुलाई ३० मा भानूआतु स्वतन्त्र भएको थियो । संयुक्त अभिराज्यको ग्रेट ब्रिटेन र फ्रान्सको अधिनमा रहेको भानूआतुले ७४ वर्षपश्चात स्वतन्त्र भयो ।

सन् १९७५ जुलाई ३० मा मजदुर संघका नेता जिमी होफा गायब भएका थिए । उनलाई अन्तिम पटक मितिगनस्थित ब्लुमिङ्फिल्ड हिल्सको एक रेस्टुरेन्टबाट निस्किँदै गरेको देखिएको थियो ।

सन् १९६५ जुलाई ३० मा राष्ट्रपति लिन्डन बी जाँनसनले प्रस्तावित चिकित्सा विधेयकमा हस्ताक्षर गर्दै कानुनमा परिणत गरे ।  पूर्व राष्ट्रपति ह्यारी ट्र्म्यानलाई मेडिकेयरको पहिलो लाभार्थी बने भने उनले पहिलो मेडिकेयर कार्ड प्राप्त गरे ।

सन् १९४७ जुलाई ३० मा आर्नोल्ड श्वार्जनेगरको जन्म भएको थियो । १५ वर्षको उमेरमा भारोत्तोलनमा सुरु गरेका आर्नोल्डले २० वर्षको उमेरमा मिस्टर यूनिभर्स जिते भने सात पटक मिस्टर ओलम्पिया जिते ।

सन् १९३२ जुलाई ३० मा संयुक्त राज्य अमेरिकाको लस एन्जलसमा ग्रीष्मकालीन ओलम्पिकको उद्घाटन भएको थियो । यो दशौँ ओलम्पिक थियो । लस एन्जलसले दोस्रो पटक आयोजना गरेको यस ओलम्पिक ‘द ग्रेट डिप्रेसन’ को बेला आयोजना भएको थियो । केवल ३७ राष्ट्रहरुले यसमा सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ६ : ३६ बजे

मकवानपुरमा भूमिहीन दलित तथा सुकुम्वासीलाई लालपुर्जा वितरण

काठमाडौं– मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ का ६ जना भूमिहीन दलित तथा

तनहुँका एक हजार ८९५ घरमा विद्युत् विस्तार

दमौली– नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले आर्थिक वर्ष २०८२-८३

युक्रेनलाई अमेरिकी हतियार खरिदमा ईयुको सहयोग

ब्रसेल्स- युरोपेली सङ्घ (ईयु) ले युक्रेनलाई अमेरिकी प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्रलगायत हतियार खरिद गर्न

बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालन

गोरखा– मनास्लु पदमार्गअन्तर्गत दुई ठाउँको पुल बाढीले बगाएर बाटो बन्द

वालेन्द्र नेतृत्वको सरकारप्रति राधिकाको आक्रोश, भनिन्, ‘खराने ग्याङ’ले जेजे गरुन्, हामी डराएर भाग्दैनौँ’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले