न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने ८ उद्योगमाथि मुद्दा « Khabarhub

न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने ८ उद्योगमाथि मुद्दा


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने आठ उद्योगमाथि गत आर्थिक वर्ष  २०७८-७९ मा मुद्दा दायर गरेको छ ।

विभिन्न उद्योगबाट उत्पादित नमूनाको सङ्कलन गरी जाँच गर्दा मापदण्डअनुसारको उत्पादन नभएकाले ती उद्योगमाथि सम्बन्धित जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको सो कार्यालयले जनाएको छ । कार्यालयले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै गत आव र अघिल्लो आवको सात मुद्दाको फैसला भएकोमा चार मुद्दाको फैसला हुन् बाँकी रहेको बताइएको छ । कूल ११ वटा मुद्दा दुई आवमा दायर भएको थियो ।

गत आवमा उपभोक्ताबाट कार्यालयमा छ उजुरी  प्राप्त भएकोमा पाँच उजुरीको अनुसन्धान सकिएको छ । जसमा दुई उजुरीमाथि मुद्दा दायर दायर गरिसकिएको छ भने दुईमा अनुगमन गरी सुधारात्मक निर्देशन दिइएको छ । एउटा उजुरीउपर नमूना सङ्कलन गरी प्रयोगशाला विश्लेषण गर्दा कैफियत नपाइएको तथा एउटा उजुरी अनुसन्धानको क्रममा रहेको जनाइएको छ ।

प्रतिवेदनमा उपभोक्ताको स्वास्थ्य र सुविधा कायम राख्न विद्यमान खाद्य ऐन र नियमको प्रभावकारी कार्यान्वयन गर्दै सरोकारवालाको सहयोग र समन्वयमा कार्यक्रम सञ्चालन हुँदै आएको उल्लेख गरिएको छ । गत आवमा  कार्यालयले ६० बजार, दुई सय १० उद्योग तथा ४१ होटेल तथा रेष्टुराँ र चमेना गृहको अनुगमन गरिएको प्रतिवेदनमा जनाइएको छ । गत आवमा कार्यालयबाट २९ खाद्य तथा दानाको अनुज्ञापत्र जारी गरिएको, एक सय चार खाद्य पदार्थको अनुज्ञापत्र नवीकरण गरिएको तथा उद्योग स्थापनार्थ ७८ उद्योगको सिफारिस गरिएको सो कार्यालयले जनाएको छ ।

त्यस्तै अनुगमनको क्रममा सात होटेल र रेष्टुराँलाई स्तरीकरण लोगो वितरण गरिएको बताइएको छ । कार्यालयका सूचना अधिकारी प्रगति अधिकारीका अनुसार सेवाग्राहीलाई विश्वसनीय प्रयोगशालाको अनुभूति गराउनका लागि कार्यालयले गत आर्थिक वर्षमा  २ हजार एक सय २० खाद्य पदार्थ नमूना विश्लेषण  गरेकोमा  ९६ वटा  नमूना  प्रतिकूल रहेको उल्लेख गरिएको छ । कार्यालयले उपरोक्त विभिन्न शीर्षकबाट गत आर्थिक वर्षमा रु १९ लाख ६२ हजार नौ सय राजश्व सङ्कलन गरेको थियो । साथै, कार्यालयले जिल्ला प्रशासन कार्यालय मकवानपुरको आदेशमा गत आर्थिक वर्षमा युनिलिभर नेपाल लिमिटेडको म्याद सकिएको २ हजार २ सय २८ वोरा चियापत्ती नष्ट गरेको बताइएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ७ : ३४ बजे

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक धानका

धानका बिरुवासँग किसानका सपना र राष्ट्रको भविष्य जोडिएको छ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक धानका बिरुवासँग

१० हजारले नि हेरेनन् ‘मुन्द्रे’को फिल्म

काठमाडौं – कलाकार जितु नेपाल ‘मुन्द्रे’को लगानी र शीर्ष अभिनय

चितवनमा मनाइयो राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव

काठमाडौं– राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव चितवनमा पनि मनाइएको

मेची राजमार्ग : राजदुवालीको पहिरो जोखिम यो वर्ष पनि उस्तै

मेची राजमार्गको झापा–इलाम खण्डको राजदुवाली पहिरो यो राजमार्गकै सबैभन्दा जोखिमपूर्ण