राप्रपाको दोस्रो चरणको आन्दोलन : आज देशका सबै निर्वाचन क्षेत्रमा कोणसभा « Khabarhub

राप्रपाको दोस्रो चरणको आन्दोलन : आज देशका सबै निर्वाचन क्षेत्रमा कोणसभा


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दोस्रो चरणको आन्दोलन अन्तर्गत आज देशका सबै निर्वाचन क्षेत्रमा कोण सभा गर्ने भएको छ।

महँगी, बेरोजगारी, कुशासन र लम्पसारवादविरुद्ध देशभरबाट पार्टीका सदस्य र नागरिकलाई कोणसभामा सहभागी हुन राप्रपाले आह्वान गरेको छ।

सरकारले माग पूरा नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी गर्ने पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले चेतावनी दिएका छन्।

काठमाडौँलगायत देशका विभिन्न ठाउँमा ‘थाल ठटाउने’ कार्यक्रम गर्दै राप्रपाले तेस्रो चरणको आन्दोलनको चेतावनी दिएको थियो।

राप्रपाको केन्द्रीय समितिको पछिल्लो बैठकले साउन महिनामा राष्ट्रव्यापी विरोध कार्यक्रम र भदौमा जनसंघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  १० : ०१ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको