बीमा रकम नपाएको किसानको गुनासो « Khabarhub

बीमा रकम नपाएको किसानको गुनासो


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा – सरकारले कृषिमा जनताको सहभागिता बढाउन सुरु गरेको कृषि बीमाबाट बाराका किसान भने पीडित छन् । लाखौँको लगानी हुने खेतीको बीमा गरेका किसानले बीमा वापतको रकम प्राप्त गर्न नसक्दा दोहोरो मारमा पर्न थालेका छन् ।

किसानलाई राहत दिने उदेश्यले ल्याइएको कृषि बीमा कार्यक्रमबाट बाराका किसान भने लाभान्वित हुन सकेका छैनन् । जिल्लाको उत्तरी क्षेत्रमा रहेको निजगढ केरा खेतीका लागि चिनिन्छ । यहाँका अधिकांश किसान केराखेतीमा आकर्षित छन् ।

ठूलो लगानीमा केरा खेती गरेका किसानले लगानीको सुरक्षाका लागि बीमा गरेका छन् । तर, बीमा कम्पनीको लापरवाहीका कारण किसान मारमा देखिन्छन् । यहाँका किसानले केरा खेतीको बिमा गरेको भएता पनि त्यसको लाभ लिन नसकेको गुनासो बढ्न थालेको छ ।

निजगढमा हावाहुरीले क्षति पुगेको केराको विवरण संकलन गर्न भनेर आएका बीमा कम्पनीका कर्मचारीहरु होटलमा बसेर क्षति भएको बराबरको विवरण नलिने र आफू खुसी विवरण तयार गर्ने गरेको खुलेको छ जसका कारण निजगढका पीडित केरा खेती गर्ने किसान चिन्तित बनेका छन् ।

बारामा कृषि बीमाका लागि राष्ट्रिय बीमा समितिले हिमालयन जनरल ईन्स्योरेन्सलाई अधिकार प्रदान गरेको छ । तर उक्त बीमा कम्पनीले किसानका पीडामा मलम लगाउने भन्दा नुन छर्कने काम गरेको स्थानीयको गुनासो छ ।

इन्स्योरेन्सका शाखा प्रवन्धक शंकर पौडेललाई बिमाको रकम भुक्तानी माग्दा उल्टै किसानलाई तर्साउने, डर देखाउने गरेको किसानको दुखेसो छ । ‘हामीलाई जानकारी नै नदिइ कर्मचारी आफुखुसि हाम्रो खोतबारीको विवरण संकलन गर्न आउने रहेछन’

स्थानीय अगुवा किसान गोविन्द खरेलले भने धेरैको विवरण संकलन गर्न छुटेको छ र जसको विवरण लगीएको छ उनीहरुले समेत भुक्तानी पाएका छैनन् ।
खरेलका उनका अनुसार कर्मचारीले बीमा गरेका निजगढका करिब २४२ किसान मध्ये ४०-५० जनाको मात्रै विवरण संकलन भएको र अन्य किसान प्रत्येक बर्ष मारमा पर्ने गरेका छन् । जसका कारण कृषि बीमाबाट  किसानले राहत महसुस गर्न सकेका छैनन् ।

बीमा कम्पनीको कर्मचारीको लापरवाहीका कारण आफूहरु पीडित हुनु परेको भन्दै किसानले गर्न वर्ष बीमा समितिमा समेत उजुरी दिएका थिए । सरकारको बीमा कार्यक्रम राम्रो भए पनि बीमा कम्पनीको कर्मचारी गैरजिम्मेवार भएका कारण किसान पीडित हुनुपरेको स्थानीयको भनाई छ ।

गत वैशाख १६ गते र त्यस यता वर्षासँगैको हुरीले केराको बोट ढालेर ९ करोडभन्दा बढी मूल्यको केरा खेती नष्ट भएको छ । निजगढमा करिब १२ सय बिगा केरा खेती गरिएकोमा करिब १८० बिघा जमिनमा लगाइएको केराको बोट ढलेर पूर्णरुपमा क्षति भएको छ ।

हुरीले भर्खर पसाएको र पाक्ने बेला भएको केरा नष्ट गरेको किसानहरुले बताएका छन् । केरा पकेट क्षेत्रको रुपमा रहेको निजगढमा एक बिघा जमिनमा किसानले एक सिजनमा ४ देखि ६ लाखसम्म आम्दानी लिँदै आएका थिए ।

निजगढमा केरा खेती गर्ने करिब ७ सय किसानमध्ये थोरैले मात्रै बीमा गरेको र बिमाबापतको रकम दिन समेत ईन्स्योरेन्स कम्पनीका शाखा प्रमुख पौडेलले किसानलााई दुःख दिँदा समस्या बेहोर्नु परेको किसानहरुको गुनासो छ । गत वर्ष हावा हुरीले क्षति गरेको केराको रकम कम्पनीले अझै भुक्तानी नदिएको किसानले बताएका छन् ।
-न्युज कारखानाबाट

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  १० : ५९ बजे

‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ?

काठमाडौं– केही दिनयता देशका अधिकांश स्थानमा तापक्रम वृद्धि हुँदा अत्यधिक

भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली

भद्रपुर– भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले सेवा प्रवाहलाई व्यवस्थित, छरितो

भारत– दक्षिण कोरियाबीच रणनीतिक वार्ता

नयाँ दिल्ली- बदलिँदो विश्व आर्थिक परिस्थिति र आपूर्ति शृङ्खलामा देखिएको

प्रदेश प्रमुखसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

गण्डकी– गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टसमक्ष मुस्लिम आयोगले आज वार्षिक

गृहमन्त्री गुरुङको ‘आक्रामक शैली’मा लागेको ब्रेक

काठमाडौं- सत्ता सम्हालेको केही दिनमै ‘हाइ प्रोफाइल’ व्यक्तिहरूलाई धमाधम पक्राउ