राहदानी बनाउन आएकालाई ठगी गरेको आरोपमा चार जना पक्राउ | Khabarhub Khabarhub

राहदानी बनाउन आएकालाई ठगी गरेको आरोपमा चार जना पक्राउ


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राहदानी विभागमा राहदानी बनाउन आएका व्यक्तिलाई ठगी गरेको आरोप प्रहरीले चार जनालाई पक्राउ गरेको छ । यही साउन ११ गते त्रिपुरेश्वरस्थित विभागमा राहदानी बनाउन आएका सेवाग्राहीहरूलाई ठगी गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची ५ घर भई चाबहिल बस्ने ३३ वर्षीय रामबहादुर बोगटी, धनकुटा पाख्रिबास घर भई चाबहिल बस्ने २८ वर्षका श्यामकुमार राई, सिन्धुपाल्चोक हेलम्बु २ घर भई चाबहिल बस्दै आएका वर्ष २२ का राम पौडेल र गोकर्णेश्वर २ सुन्दरीजल घर भई चावहिलस्थित रोज बर्ड नामक फोटो स्टुडियो सञ्चालन गरी बस्ने वर्ष ४१ का विवेक गुरुङ रहेका छन् । 

उनीहरूले विभागमा आएका सेवाग्राहीलाई तत्कालै राहदानी बनाइ दिने भनी विश्वासमा पारेर नगद रकम लिई ठगी गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ । उनीहरूले विभिन्न किर्ते कागजात बनाई अनलाइन फारम भरिदिने गरेको पनि प्रहरी अनुसन्धानबाट देखाएको छ ।

प्रहरीले उनीहरूले अनलाइन फारम भर्ने प्रयोग गरेका विभिन्न उपकरणहरूसमेत नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ७ : ५६ बजे

नेपाल उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत गर्दै नवप्रवर्तन

रुस–युक्रेन युद्ध : करिब २ हजार बालबालिकाको मृत्यु

काठमाडौं– युनिसेफले सन् २०२२ को फेब्रुअरीदेखि रुस–युक्रेन युद्धमा करिब २

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल

आईपीएल : आज राजस्थान र पञ्जाव भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्स र

प्रहरी भ्यानबाट भागेका कैदी खतरनाक ग्याङमा आबद्ध

फ्रान्स – प्रहरी भ्यानबाट भागेर चर्चामा आएका फ्रान्सका एक कैदी