अमेरिकाको केन्टकी प्रान्तमा बाढी, २५ जनाको मृत्यु « Khabarhub

अमेरिकाको केन्टकी प्रान्तमा बाढी, २५ जनाको मृत्यु


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  अमेरिकाको केन्टकी प्रान्तमा बाढी र बर्षाका कारण कम्तीमा २५ जनाको ज्यान गएको छ । गएको तीन दिनदेखि निरन्तर परिरहेको बर्षाका कारण ठूलो बाढी आएको र अहिले सम्म २५ जनाको शव भेटिएको केन्टकीका गभर्नर एन्डी बेशियरलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले जनाएको छ ।

गभर्नर बेशियरले बाढीमा हराएकाहरुको खोजी भइरहेकोले ज्यान गुमाउनेको संख्या अभै बढ्न सक्ने बताएका छन् । ठूलो बर्षा र बाढीको कारण केन्टकी प्रान्तका २५ हजार भन्दा धेरै घरहरुमा बिजुली सेवा बन्द भएको छ ।

घरहरु डुबेपछि मानिसहरु छतमा बसेर उद्धार टोलीलाई पर्खिरहेका छन् । उद्धारमा खटिएको नेश्नल गार्डले पाँच वटा हेलिकोप्टर र सय भन्दा धेरै डुङ्गा परिचालन गरी खोजी तथा उद्धारको काम गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ९ : १९ बजे

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको