अमेरिकाको केन्टकी प्रान्तमा बाढी, २५ जनाको मृत्यु | Khabarhub Khabarhub

अमेरिकाको केन्टकी प्रान्तमा बाढी, २५ जनाको मृत्यु


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  अमेरिकाको केन्टकी प्रान्तमा बाढी र बर्षाका कारण कम्तीमा २५ जनाको ज्यान गएको छ । गएको तीन दिनदेखि निरन्तर परिरहेको बर्षाका कारण ठूलो बाढी आएको र अहिले सम्म २५ जनाको शव भेटिएको केन्टकीका गभर्नर एन्डी बेशियरलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले जनाएको छ ।

गभर्नर बेशियरले बाढीमा हराएकाहरुको खोजी भइरहेकोले ज्यान गुमाउनेको संख्या अभै बढ्न सक्ने बताएका छन् । ठूलो बर्षा र बाढीको कारण केन्टकी प्रान्तका २५ हजार भन्दा धेरै घरहरुमा बिजुली सेवा बन्द भएको छ ।

घरहरु डुबेपछि मानिसहरु छतमा बसेर उद्धार टोलीलाई पर्खिरहेका छन् । उद्धारमा खटिएको नेश्नल गार्डले पाँच वटा हेलिकोप्टर र सय भन्दा धेरै डुङ्गा परिचालन गरी खोजी तथा उद्धारको काम गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ९ : १९ बजे

फेवातालको पहिचान र सुन्दरता जोगाउन जुटे पोखरेली

पोखरा– पोखराको फेवाताल केवल पर्यटकीय आकर्षणको मात्र होइन सामाजिक, सांस्कृतिक

झपट रावलको प्रस्ताव : प्रत्यक्ष कार्यकारी प्रमुखका लागि संविधान संशोधन गरौँ

काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा नेता झपट रावलले

फाइभ–जी नेटवर्क छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन

 काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जति

उषाकिरणले भनिन्- ओलीले दुई कार्यकाल चलाउनु भयो, नि:शर्त नेतृत्व हस्तान्तरण गरौँ

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाले अध्यक्ष केपी शर्मा

पाकिस्तानमा मनसुन प्रकोप : जनजीवन अस्तव्यस्त, सयौँ प्रभावित

एजेन्सी – पाकिस्तानमा हालको मनसुन वर्षाले ठूलो जनधनको क्षति पुर्‍याएको