टी–ट्वान्टी सिरिज : बंगलादेशविरुद्ध जिम्बावेको सानदार जित « Khabarhub

टी–ट्वान्टी सिरिज : बंगलादेशविरुद्ध जिम्बावेको सानदार जित


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बंगलादेशविरुद्धको टी–ट्वान्टी सिरिजको पहिलो खेलमा जिम्बावे विजय भएको छ ।शनिबार भएको खेलमा जिम्बावेले बंगलादेशलाई १७ रनले हराएको छ ।यससँगै घरेलु टोलीले ३ खेलको टी–ट्वान्टी सिरिजमा १–० को अग्रता लिएको छ ।

जिम्बावेले दिएको २०६ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर मात्र १८८ रन बनायो । बंगलादेशका लागि कप्तान नुरउल हसनले सर्वाधिक ४२ रनको योगदान गरे ।

त्यस्तै नजमल हसन सान्तोले ३७ रन बनाउँदा लिन्टन दासले ३२ रन तथा अनमुलले २६ रन जोडे । बलिङतर्फ जिम्बावेका लागि लुक जोङ्ग्वेले दुई तथा रिचार्ड नगर्भा, विलिङ्टन मासाकाट्जा तथा सिकन्दर राजाले समान एक–एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ३ विकेट गुमाएर २०५ रन बनाएको थियो । जिम्बावेका लागि वेस्ले माधेवेरे र सिकन्दर राजाले अर्धशतकीए पारी खेले । माधेवेरेले ६७ रन बनाउँदा राजा ६५ रनमा अविजित रहे । त्यस्तै सेन विलियम्सले ३३ तथा कप्तान क्रेग ईभिन्सले २१ रन बनाए ।

बलिङतर्फ बंगलादेशका लागि मुस्ताफिजुर रहमानले दुई विकेट लिँदा मोसाडिक हुसाइनले एक विकेट लिए । दुई टोलीबीचको दोस्रो टी–ट्वान्टी आइतबार हुनेछ ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  १० : १६ बजे

तोकिएकै मितिमा निर्वाचन हुन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा मुलुक

समाज कल्याण परिषद्को जग्गा र भवन प्रयोगको बक्यौता छिटो उठाउछौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले भृकुटीमण्डपस्थित समाज

पूर्वमन्त्री राजकुमार गुप्ता कारागार चलान

काठमाडौं– विशेष अदालतको आदेशपछि पूर्वमन्त्री राजकुमार गुप्तालाई डिल्लीबजार कारागार चलान

भेडेटारमा तीन दिने खाना महोत्सव सुरु

धरान– सुनसरी र धनकुटाको सिमानामा रहेको पर्यटकीय क्षेत्र भेडेटारमा आजदेखि